बाजुरा । निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् । सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको छ ।
एक महिना अघिसम्म बूढीगंगा नगरपालिका–८, रिठाबजारकी पवित्रा कुँवर महिनावारीका बेला घरमा बस्न पाउँथिनन् । आँगन छेवैमा रहेको साँघुरो छाउगोठमा असजिलो गरी बस्नुपथ्र्यो । केही दिनअघि स्थानीय जनप्रतिनिधि र प्रहरी आएर सम्झाई बुझाई उनी बस्ने छाउगोठ भत्काए । त्यसपछि उनी महिनावारीका बेला पहिलोपटक छाउगोठबाट घरमा सरिन् । ‘म सधैँ यही कोठामा सुत्थेँ,’ घरको तल्लो तलामा रहेको एउटा कोठाभित्रको खाट देखाउँदै उनले भनिन्, ‘सरकारले छाउगोठ भत्काएपछि आफ्नै कोठामा सुतेँ ।’
घरनजिकैको धामीले पनि देउता र भान्छा नछोई सरसफाइ गरी घरमै बस्न सल्लाह दिएको उनले बताइन् । घरमै सुत्ने अनुमति पाए पनि उनको कोठाबाट चोटामा जाने लिस्नो भने झिकिएको छ । ‘म छाउ हुँदा यो कोठाबाट घरका मान्छेको माथिल्लो तला जान नहुने भएकाले यो बाटो थुनिएको हो,’ सन्तान बच्चालाई स्तनपान गराइरहेकी पवित्राले त्यसका कारण खुलाइन् । घरभित्रबाट लिस्नो चढ्ने बाटो थुनेर बाहिरबाट बार्दली हुँदै चोटामा जाने भर्याङ लगाइएको छ ।
कुँवरले भनिन्, ‘सरकारले छाउगोठमा नबस भनेपछि उपाय त गर्नैप¥यो, त्यसैले छाउगोठको ढुंगामाटो लगाएर श्रीमानले भर्याङ बनाउनुभयो, आफ्नै कोठामा बस्न पाउँदा खुसी लागेको छ ।’
बूढीगंगा नगरपालिका–८ का वडा सदस्य सुरेन्द्रबहादुर थापाका अनुसार असुरक्षित छाउगोठ भत्केपछि महिला महिनावारीका बेला पनि घरमै बस्न थालेका छन् । गैरसरकारी र सरकारी प्रयासबाट २०६८ सालमै छाउगोठमुक्त भइसकेको यस वडाका केही घरमा रहेका छाउगोठ भत्काइएको छ ।
छाउगोठ भत्काइएसँगै सबै परिवारले महिनावारीका बेला महिलालाई बस्न घरमा सुरक्षित कोठा छुट्याएको पाइएको थापाको भनाइ छ । सोही नगरपालिका–१० का वडाध्यक्ष धर्मराज जैसीको मूल घरमा पनि केही दिन अघिसम्म छाउगोठ थियो । शौचालयमाथि तला थपेर महिलाले बस्ने छाउगोठ बनाइएको थियो । वडाध्यक्ष जैसी बुवा बस्ने घर पुग्दा हालै भत्काइएको छाउगोठको अवशेष देखियो ।
वडाध्यक्षका परिवार गाउँनजिकैको रिठाबजारमा बसोवास गर्ने भए पनि उनको बुवा र भाउजू महेश्वरी जैसी भने गाउँकै घरमा बस्दै आएका छन् । त्यस छाउगोठमा भाउजू महेश्वरी महिनावारीका बेला बस्दै आएकी थिइन् । छाउगोठ भत्काइएपछि घरकै कोठामा सुत्न पाइने कुराले आफू खुसी रहेको महेश्वरीले बताइन् ।
वडा नं १० कार्यालयका अनुसार यस वडामा सात सय घरधुरी छन् । जसमध्ये अधिकांशले धेरै पहिले नै छाउगोठको चलन छोडिसकेका छन् । सरकारको पछिल्लो अभियानका क्रममा वडाभरिमा जम्मा ५२ वटा छाउगोठ भेटिएका र सबैलाई नष्ट गरिएको जानकारी वडाध्यक्ष जैसीले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




