{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1581399495527","total_editor_time":68,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1581399495468","total_effects_time":0,"brushes_used":0,"height":1820,"layers_used":0,"width":3465,"subsource":"done_button"}

टोकियो । जापानमा नेवारहरूको क्रियाशिल संस्था नेवा: अन्तराष्ट्रिय फोरम जापानको  ९ औं अधिवेशन फेब्रुअरी २३ तारिक आईतवारको दिन सिनओकुबो स्थित नेपाली मुरा हल, सोलमरीमा हुने भएको छ ।

जापानमा बसोवास गर्ने नेवारहरूलाई संगठित गर्ने र आफ्नो कला संस्कृतिलाई मनाउने उदेश्य लिएर सन् २००३ मा यस संस्थाको स्थापना भएको थियो । आफ्नो स्थापनाकाल देखिनै नेवारहरूको विभिन्न चाड मनाउँदै र सामाजिक कार्यमामा सक्रिय रहदै आएको छ । वर्षैभरी विभिन्न कार्यक्रम जस्तै म्हँ पुजा, योमरी पुन्ही, बुद्ध जयन्ती, क्वाटी पुन्ही, दशैंको आयोजना गर्ने गरेको छ । यस बाहेक नेवारी परम्परामा गरिने छोरीहरूको बेल विवाह (ईही) पनि गर्ने गरेको छ। सामाजिक कार्य जस्तै भुकम्प गएको बेला नेपालमा आर्थिक सहयोग, उपचार खर्च नपाएको लागि उपचारको खर्च सहयोग गरेको छ भने आर्थिकरूपमा अत्यन्तै कमजोर नेवार परिवारको बालबालिकाको लागि पनि हरेक महिना झण्डै १००० रूपैयाको दरले दश कक्षा सम्म सहयोग गर्ने उदेश्यले अक्षयकोषनै बनाएर आर्थिक सहयोग गर्दैछ । हाल दुई बालक र दुई बालिका गरी चार जानालाई आर्थिक सहयोग उपलब्ध गराउँदैछ र भविष्यमा बालबालिका बढाउदै लग्ने योजना पनि रहेको छ ।

बिदेशमा रहेर पनि आफ्नो कला संस्कृतिको जगेर्णा गर्ने र आफ्नो सन्तती लगायत अन्य समुदयाको व्यक्ति तथा जापानिजहरूलाई पनि सिकाउदै र चिनाउदै लग्ने प्रमूख उदेश्य यस संस्थाको रहेको संस्था महा-सचिव शिव तण्डुकारले प्रस्ट पार्नुभयो । हाम्रो कला, संस्कृति र परम्परा मनाउने र जगेर्णा गर्ने कर्तव्य हाम्रो आफ्नै हो , त्यसैले पनि जापान जस्तो व्यस्त शहरमा रहेर वर्षै भरी विभिन्न कार्यक्रमको आयोजना गर्दैछौं , संस्थाको अध्यक्ष दीपरत्न शाक्यले बताउनुभयो ।

आफ्नो कला, संस्कृति र परम्परा बिर्सनु भनेको आफ्नो पहिचान मेट्दै लग्नु हो, बिदेशमा भएपनि यसलाई बिर्सन नहुने र सके सम्म संस्थाले आयोजना गरेको नेवारी कार्यक्रममा सहभागी भईदिनु भएमा आयोजक संस्थापनि उत्साहित हुनेहुन्छ , संस्थाको स्थापनाकाल देखि सक्रिय तथा भुतपूर्व अध्यक्ष बिगेन्द्रमान सिंह प्रधानले बताउनुभयो ।

जापानमा नेवारहरूको सक्रिय संस्थापनि छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ , बिषेश गरी पछिल्लो समय जापान आउनुभएको भाईबहिनीहरूलाई जानकारी नहुनसक्छ । यस समाचारलाई आधारमानि जापानमा बसोवास गर्नुहुने सबै नेवार दाजुभाई दिदीबिहिनीलाई अधिवेशनमा सहभागी भैदिनहुन संस्थाको उपाध्यक्ष बालकृष्ण डंगोलले अनुरोध गर्नुभयो । अधिवेशन सकिएपछी नेवारी भोजको पनि आयोजना गरिनेछ ।

कोषाध्यक्ष रवि श्रेष्ठले सबै नेवारहरूको उत्साहित सहभागिताका लागि निमन्त्रणा गर्दै  भोजको तयारीको लागि नाम टिपाउन हुन अनुरोध पनि गरेका छन् ।

– मिति : २३ फेब्रअरी आईतवार
स्थान : नेपाली मुरा हल, सोलमरी, सुनओकुबो टोकियो
समय: दिउसो २ बजे बाट
सम्पर्क नं : ०८०-६५५५-६६६७ / ०७०-१२११-१५०२ / ०९०-३९६०-७०५९ / ०८०-७९६५-३३११

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार