ओसाका । एनआरएनए जापान क्षेत्रिय समिती कान्साईले ओसाकाको बेन्तेन्चोमा निःशुल्क कानुनी परामर्श सेमिनार सम्पन्न गरेको छ।
फेब्रुअरी १२ तारिख, कोषाध्यक्ष विष्णु सापकोटा कार्यक्रम संयोजकत्वमा भएको सेमिनारबाट प्रत्यक्ष उपस्थित भई ५० जना भन्दा बढीले लाभ लिनुभएको थियो। आफूले जानेबुझेको कुरा आफ्ना नजिकका साथिभाईलाई जानकारी गराउने हुदा अप्रत्यक्षरूपमा धेरैले लाभ लिन सक्ने भन्दै संस्था निवर्तमान सह-सचिव नर बहादुर थापाले यस्ता कार्यक्रमहरूको निरन्तरताको कामना सहित खुशि व्यक्त गर्नुभएको थियो।संस्थाका सह-सचिव भूमप्रसाद गैरेले संञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका संयोजक कृष्ण गैरेले यस कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्दै आगामी दिनमा यस्ता जानकारीमुलक कार्यक्रमहरू गर्दै जाने कुरा उपस्थित सबैमा जानकारी गराउनुभएको थियो।

एनआरएनए जापानका सल्लाहकार तथा एनआरएनए कान्साईका संरक्षक आत्माराम गैरेले आफ्नो शुभकामना मन्तव्यको क्रममा क्षेत्रिय समिति कान्साईले आयोजना गरेको यस कार्यक्रमको प्रशंसा गर्दै धेरैलाई फाईदा पुग्ने भन्दै कार्यसमितिलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो। जापानी भाषामा हिरोनोबु यामामोतोले विषयमा जानकारी दिनुभएको सेमिनारमा संस्थाका सल्लाहकार रमेश बाबु घिमिरेले नेपाली भाषामा अनुवाद गर्नुभएको थियो। चार पृष्ठजति लामो नेपाली भाषामा अनुवाद गरिएको विविध विषयमा जानकारीमुलक कागजात उपस्थित सम्पूर्णलाई वितरण गर्नेक्रममा सह-कोषाध्यक्ष चुडामणी कंडेलले यसबाट धेरैले लाभ लिन सक्ने कुरा बताउनुभएको थियो।

प्रश्नोत्तरको क्रममा सदस्य डेनिस पुनले प्रतिनिधि प्रश्न गर्दै धेरैका जिज्ञासाहरूलाई समेट्नु भएको थियो भने उपस्थित व्यक्तिहरू पनि आफ्ना प्रश्नहरूको जवाफ पाउदा सन्तुष्ट भएको कुरा सहजै अनुमान गर्न सकिन्थ्यो।एनआरएनए जापान तथा कान्साईका सल्लाहकार नरेन्द्र कुमार बस्नेत (दिनेश)ले ”जापानमा विद्यार्थीका अवसर र चुनौती “ विषयक सिर्षकमा तयार गर्नुभएको रिपोर्टले आफूहरूलाई धेरै कुरा जान्ने,बुझ्ने तथा आगामी दिनका लागि प्रेरणा मिलेको भन्दै उपस्थित विद्यार्थीहरूले खुशी व्यक्त गर्नुभएको थियो।

परामर्शकर्ता हिरोनोबु यामामोतोले ,नेपाली भाषा अनुवादक रमेश बाबु घिमिरे तथा मध्यस्थकर्ता दिलीप सुवेदीलाई सम्मान पत्र,नेपाली ढाका टोपी र भिजीट नेपालको खादाले सम्मान गरिएको थियो । सेमिनारमा संस्थाका उप-संयोजक दिलीप शर्माले यस्ता कार्यक्रममा धेरै भन्दा धेरै सहभागिता गर्न गराउन सबैले पहल गर्नुपर्नेमा जोड दिदै अगामी दिनमा सबै तह र तपक्कालाई समेट्दै एनआरएनएको गरिमामालाई उच्च राख्नु हाम्रो दायित्व भएको कुरा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा उपस्थित तथा सहयोगी सबैमा धन्यवाद ज्ञापान गर्दै संस्थाका संयोजक कृष्ण गैरेले कार्यक्रमको सामापन गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




