{"effects_tried":0,"photos_added":0,"origin":"unknown","total_effects_actions":0,"remix_data":["add_sticker","add_photo_directory"],"tools_used":{"tilt_shift":0,"resize":0,"adjust":0,"curves":0,"motion":0,"perspective":0,"clone":0,"crop":1,"enhance":0,"selection":0,"free_crop":0,"flip_rotate":0,"shape_crop":0,"stretch":0},"total_draw_actions":0,"total_editor_actions":{"border":0,"frame":0,"mask":0,"lensflare":0,"clipart":0,"text":0,"square_fit":0,"shape_mask":0,"callout":0},"total_editor_time":409,"brushes_used":0,"total_draw_time":0,"effects_applied":0,"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1581678470248","total_effects_time":0,"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1581678470310","sources":["310464011107201"],"layers_used":0,"width":3465,"height":1820,"subsource":"done_button"}

टोकियो । एनआरएनए जापान (गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद) को क्षेत्रीय भेलाको आयोजना आउदो मार्च १ तारीख  निगाता प्रिफेक्चरमा हुने भएको छ  ।

राष्ट्रीय समन्वय परिषदका गतिविधिहरुलाई टोकियोमा मात्र केन्द्रित नभई क्षेत्रहरुलाई पनी यस अभीयानप्रति जागरूप र टोकियो बाहिर बस्ने नेपाली समूदायलाई पनि अपनत्व महसुस गराउने उदेश्यले पहिलो पटक टोकियो बाहिर सम्मेलन गर्न लागिएको  हो  । एनआरएनए जापानका महासचिव जनक बिक्रम शाहीका अनुसार क्षेत्रीय  सम्मेलन मात्र नभइ परिषदको तेश्रो नियमित बैठक, नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार लगायत केहि मनोरन्जनात्मक कार्यक्रमको पनी आयोजना हुनेछ । तसर्थ उक्त सम्मेलनमा सम्पूर्ण संरक्षक तथा , सल्लाहकारहरुलाई पनि उपस्थितिको लागि अनुरोध गरिएको छ ।

कार्यक्रमको तालीका :
१) फेब्रुवरी २९ मा टोकीयो बाट प्रस्थान, सोहि दिन साझ निगाता क्षेत्रीय समिति द्वारा केन्द्र र क्षेत्र बाट आउनुहुने सहभागी हरुलाई स्वागत तथा डिनर कार्यक्रमको आयोजना गरीने साथै बारबीक्यू पनी रहने ।
२) मार्च १ तारीख १० देखि १२ बजे सम्म राष्ट्रिय समन्वय परिषदको तेश्रो नीयमित बैठक बस्ने ।
३) सोही दिन १ बजे बाट क्षेत्रीय भेलाको सुरुवात हुने भेला पश्चात भ्रमण वर्ष २०२० को प्रचार प्रसार कार्यक्रमको आयोजना हुने ।

नोट : कृपया उक्त कार्यक्रममा सहभागीताको निम्ति यातायात खर्च र बस्नको लागी लाग्ने खर्च सहभागी स्वयमले बेहोर्नु पर्नेछ भने बस्नको लागी अन्य आवस्यक व्यवस्थापन निगाता क्षेत्रीय समितिले गर्नेछ ।
Venue :
Lifelong Learning Center ( Crossing Nigata)
951-8055, Nigata, Chuo Ward,Ishizuechodori, 2086.
025-224-2088

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार