काठमाडौं । ललितपुर सनेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ ।
सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले नै ४८ वर्षीय मुनाको हत्यापछि आत्महत्या गरेको बताइरहेको प्रहरीले फरेन्सिक रिपोर्टमा विजयले अपराध गर्नुपर्ने कुनै स्पष्ट कारण नदेखिएको बताएको हो ।
मुना र विजय दुवैको मोबाइल फरेन्सिक अध्ययनका लागि पठाइएको थियो । त्यसको ११ दिनपछि बिहीबार दुवै मोबाइलको रिपोर्ट प्रहरीले बुझेको छ । तर, प्रहरीले अहिलेसम्म विजयको मोबाइलको रिपोर्ट मात्र विश्लेषण गरेको बताएको छ ।
‘विजयले प्रयोग गरेको मोबाइलमा हिंसाको उद्देश्य देखाउने र घटनाप्रति लक्षित कुनै संकेत फेला परेन,’ महानगरीय प्रहरी परिसर जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘मैले हिजो फरेन्सिक ल्याबको परीक्षण रिपोर्ट पाएको छु। रिपोर्ट सरसर्ती अध्ययन गर्दा विजयले हिंसा गर्नुपर्ने किसिमका गतिविधि त्यसमा फेला परेको छैन।’ उनले विजयको व्यवहार हिंसात्मक रहेको कुनै लक्षण मोबाइलबाट फेला नपरेको बताए। रिपोर्टलाई अझै विभिन्न कोणबाट हेरेर थप विश्लेषण गरिने एसएसपी राईको भनाइ छ।
माघ २७ गते बिहान नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीले सानेपास्थित आफ्नो घरभित्रै पत्नी मुना र कामदार विजयलाई अचेत अवस्थामा फेला पारेका थिए। भान्सामा रगताम्मे अवस्थामा अचेत भेटिएकी मुनालाई अस्पताल र्पुयाउँदा चिकित्सकले मृत घोषित गरेका थिए। मृत भेटिएका विजयको शवमाथि भने चुँडिएको डोरी फेला परेको थियो।
प्रहरीले सिसीटिभी फुटेजमा कामदार विजयले मुनाको हत्या गरेको प्रष्टै देखिएको बताउँदै आएको छ। फरेन्सिक अध्ययनबाट मोबाइलमा डिलिट गरिएका सामग्री पनि ‘रिकभर’ हुने भएकोले प्रहरीले यसलाई घटनाको रहस्य पत्ता लगाउने प्रमुख अस्त्र मानेको थियो। तर, यसबाट पनि विजयको मनसायबारे स्पष्ट जानकारी फेला नपारेपछि प्रहरी अझै अनुसन्धान तन्काउन बाध्य भएको छ।
कार्की परिवारको छिमेकीसँग पनि प्रहरीले सोधपुछ गरिसकेको छ। सबैसँग कुरा गर्दा विजयले त्यस्तो घटना घटाउनै नसक्ने जवाफ पाएपछि प्रहरी सीसीटिभी फुटेजमा देखिएको प्रमाणसहित थप अनुसन्धानमा जुटेको हो।
के–के भेटियो विजयको मोबाइलमा?
विजयले प्रयोग गर्ने मोबाइलमा थुप्रै फोटो फेला परेका छन्। पारिवारिक, अर्जुन कार्कीको छोरासँग रमाएको, कुकुरसँग खेलेको, विभिन्न ठाउँ घुमेको र गाउँ जाँदाखेरी खिचेका फोटाहरु बढी मात्रामा रहेको परिसरका प्रमुख राईले बताए।
‘अश्लील खालका, गम्भीर प्रकृतिका र हिंसा गर्न सघाउ र्पुयाउने खालका केही पनि सामग्री मोबाइलमा देखिँदैन,’ राईले भने। उनले मोबाइलबाट डिलिट गरिएका सामग्री ‘रिकभर’ गरेर हेर्दा त्यसमा समेत कुनै शंकास्पद विषय फेला नपरेको बताए।
मोबाइलमा रहेका अन्य सामग्रीको अध्ययन भइरहेको उनको भनाइ छ।
प्रहरीले अनुसन्धानको दायरा बढायो
घटना भएको १२ दिन भइसक्दा पनि प्रहरीले उक्त घटना घटाइनुको खास रहस्य अझै पत्ता लगाउन सकेको छैन। दैनिकजसो घटनाबारे जानकारी लिइरहेको प्रहरीले खास कारण नै पत्ता लगाउन नसकेपछि पछिल्लो दिन अनुसन्धानको दायरा बढाउँदै गएको छ।
अनुसन्धानको दायरा बढाउने क्रममै विजयको साथीसँग बयान लिने तयारी भइरहेको एक प्रहरी अधिकृतले जनाए।
विजयले ड्राइभिङ सिकेका ड्राइभरसँग पनि सोधपुछ गरिने ती अधिकृतले बताए।
अर्जुन कार्कीसँगपनि बयान लिइने
श्रीमतीको हत्यापछि किरियामा बसेका अर्जुनसँग प्रहरीले बयान लिँदैछ। घटनालगत्तै किरियामा बसेका कारण उनीसँग सोधपुछ गर्न नपाएको प्रहरीले अर्जुनकै आनीबानी, श्रीमती मुनासँगको सम्बन्ध, घरपरिवारमा उनको व्यवहारबाट घटनाको कारण पत्ता लगाउने प्रयास गर्नेछ।
सधैँ ड्राइभर साथै लिएर जाने अर्जुन घटना भएको माघ २७ को दिन भने आफैँ गाडी हाँकेर पशुपति गएको उनले बताएका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




