टोकियो । चर्चित र्याप गायक भिटेन र विवेक वाईवा सहितको भोलि टोकियोको सिन्जुकुमा हुने म्युजिकल नाईटको सम्पूर्ण तयारी सक्किएको छ ।

टोकियोको मुटु सिन्जुकुको वार्प( WARP) मा आयोजना हुने ‘ म्युजिकल नाईट, लाईभ ईन टोकियो भोलुम २’ नामक साँगितिक कार्यक्रममा   भिटेनले आफ्ना दर्शक, स्रोताहरुका लागि गाउने छन् ।  फरक र विशिष्ट र्याप गायनको माध्यमबाट संसारभर छरिएररहेका नेपाली युवाहरुको मन जित्न सफल भिटेन आफ्ना सांगिततिक कार्यक्रमहरु लिएर विश्वका विभिन्न मुलुकमा पुगिसकेका छन्। जापान पनि उनको यो दोश्रो सांगितिक कार्यक्रम हुनेछ । यस अघि पनि जापानमा आई निक्कै भव्य कार्यक्रम गरिसकेका छन् ।

आयोजक ‘दाजुभाई’का अनुसार यस पटकको कार्यक्रम अझ विशेष हुनेछ । कार्यक्रममा भिटेनसंगै गायक बिवेक वाईबा लामा,जापानमै रहेका नेपाली गायक ‘काले भाई’उर्फ कुमार गरुङ्( जो भ्वाईस अफ नेपाल सिजन २ को प्रतिस्पर्धीपनि हुन् )तथानेपाल र नेपालीहरुलाई मायाँ गर्ने लोकप्रिय जापानी गायिका आओई सानो संगै डिजे नबिन लामाको विशेष प्रस्तुती रहनेछ ।

कार्यक्रम ,सिन्जुकु स्टेसनबाट नजिकै रहेको वार्प सिन्जुकुमा अपराह्न ४:३० बजेबाट राती ८:३० बजेसम्म हुनेछ । कार्यक्रम सकिए पछिपनि ईच्छुकहरुले वार्प क्लवमा निशुल्क रमाउन सक्नेछन् ।कार्यक्रम निर्धारित समयमै सुरु हुने भएकाले समयमै हलमाप्रवेश गरि सहज सांगितिक मज्जा लिनहुनुका लागि दर्शकहरुलाई आयोजकले अनुरोध पनि गरेको छ ।

भिटेनसंगको बेजोड सागिँतिक आनन्द लिनका लागि भने पहिले नै टिकट लिनेहरुले ३५सय येन तथा त्यहि दिन ढोकामा गई टिकट लिँनेहरुले ४ हजार येन तथा भिआईपी टिकट लिनेहरुले १० हजार येनशुल्क तिर्नुपर्ने छ । थप जानकारीका लागि यस कार्यक्रमको पोस्टरमा रहेका नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार