{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1582861858291","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1582861811912","source":"other","origin":"unknown"}

टोकियो । नेवा: अन्तर्राष्ट्रिय फोरम जापानको ९ औं अधिवेशन सम्पन्न भएको छ ।

जापानमा रहेका नेवारहरूको क्रियाशिल संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानको ९ औं अधिवेशन गत फेब्रअरी २३ तारिकका दिन टोकियो सिनओकुबो स्थित नेपाली मुरा हलमा सम्पन्न भएको छ । जापानमा बसोवास गर्ने नेवारहरूलाई संगठित गर्ने र आफ्नो कला संस्कृतिलाई मनाउने उदेश्य लिएर सन् २००३ मा यस संस्थाको स्थापना भएको थियो । आफ्नो स्थापनाकाल देखिनै नेवारहरूको विभिन्न चाड मनाउँदै र सामाजिक कार्यमा सक्रिय रहदै आएको छ ।

अध्यक्ष दीपरत्न शाक्यले आफ्नो नेतृत्वको दुई वर्ष कार्यकालमा संस्थाले गरेको कार्यको विवरण पेश गर्नुभएको थियो । कोषाध्यक्ष रवि श्रेष्ठले आयव्ययको हिसाबको विवरण प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष बालकृष्ण डंगोलले यस संस्थाबाट नेपालमा दिंदै आएको छात्रवृत्तिको बारे जानकारी दिनुभयो। संस्थापक अध्यक्ष माधव नारायण मानन्धरले कसरी यस संस्थाको स्थापना गर्ने सोच आयो र तत्कालिन स्थितिमा कसरी यस संस्थालाई संचालन गरियो भन्ने बारे प्रस्ट पार्नुभयो ।

अधिवेशनले आउँदो दुई वर्षे कार्यकालको लागि बालकृष्ण डंगोलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ  । २०२०/२०२२ कार्यकालको लागि निम्म अनुसारको पदाधिकारीहरूको चयन भएको छ ।
अध्यक्ष : बालकृष्ण डंगोल
उपाध्यक्ष : रवि श्रेष्ठ
महासचिव : शिव तण्डुकार
सचिव: भुदेव श्रेष्ठ
कोषाध्यक्ष : डा. रवि महर्जन
सदस्यहरू : जीवन शाक्य, निर्मल मानन्धर, उत्तम प्रधान, दिपेन्द्र महर्जन, बिशाल श्रेष्ठ, सुमन महर्जन, निरञ्जन श्रेष्ठ, मनकाजी महर्जन, रेणुका शाक्य, मिलि श्रेष्ठ , सागर कपाली, रमेश महर्जन, सागर माली, रोशना श्रेष्ठ, शैलेन्द्र गोपाली ।

लेखा परिक्षक : दीप रत्न शाक्य, गंगा डंगोल ।

सल्लाहकार : माधव नारायण मानन्धर, बिगेन्द्र मान सिंह प्रधान, रूपेश डंगोल、भुपि गोविन्द श्रेष्ठ, ज्ञानु खातोउ मानन्धर , डा. राम ध्वज श्रेष्ठ , दिनेश स्थापित, रविन शाक्य।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार