
टोकियो ।अन्तराष्ट्रीय रंगशाला निर्माणका लागि गल्कोट स्पोर्ट्स क्लवको सहयोग गरेको छ ।
“स्वास्थ्यका लागि खेल ,राष्ट्रका लागि खेल”भन्ने मुख्य नाराका साथ सन २०१५मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले स्थापना कालदेखि नै नेपालको राष्ट्रीय खेल भलिबल मार्फत जापानमा रहने खेलाडीहरुलाई एउटै मालामा उन्ने कार्य गर्दै आएको छ भने स्थापना कालदेखि नै निरन्तर खेलकुद क्षेत्र संगै सामाजिक कार्यहरुमा पनि थुप्रै यस्ता आर्थिक सहयोग गर्दै आईरहेको छ।यसैको निरन्तरता अन्तर्गत गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले धुर्मुस सुन्तली फाउण्डेशन लाई नेपाली चारलाख पाँच हज़ार सहयोग रक़म गल्कोट समाज चितवनका पदाधिकारीहरुको समन्वयनमा हस्तान्तरण गरेको छ।सन २०१७ मा जापान भ्रमणका अबसरमा क्लवको तेस्रो बार्षिकोत्सवमा सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई धुर्मुस सुन्तली फाउण्डेशनका लागि कल्वले एकलाख सहयोग स्वरुप हस्तान्तरण गरेको थियो।
प्रत्येक नेपाली नया बर्ष तथा क्लवको बार्षिकोत्सवको उपलक्ष्यमा जापानमा रनिंग कप भलिबल प्रतियोगिता गर्ने र त्यसबाट हुन आएको मुनाफा बाट खेल संग सम्बन्धित क्षेत्रमा प्रत्यक बर्ष सहयोग गर्दै आएको । यस बर्ष भने कोरोना भाईरसका कारण जापान सरकारले गरेका केही निर्णयलाई मनन गर्दै केही समय पछाडि अर्थात २०२० मे महिनाको अन्तिमतिर यहाको अबस्था हेरेर प्रतियोगिता गर्ने समेत जानकारी कल्वले दिएको छ।
उक्त प्रतियोगितामा पनि सबैको साथ सहयोगले पुन: यस्तै सामाजिक कार्यमा निरन्तर सक्रिय रहने बिश्वास लिएको क्लवका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




