काठमाडौं । परीक्षामा राम्रो अंक ल्याउन नसकेको भन्दै काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिकाले ३४ विद्यार्थीको हात ब्लेडले चिर्न लगाएकी छिन् । हात चिरिएकामध्ये २५ विद्यार्थी कक्षा ६ र नौजना कक्षा ७ का छन् ।
१२ वर्षदेखि सोसल साइन्स पढाउँदै आएकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले गत साता ६ र ७ कक्षाका विद्यार्थीको कक्षा परीक्षा लिएकी थिइन् । राम्रो नम्बर नल्याउनेको हात चिरिदिने (भन्दै उनले परीक्षाकै वेला धम्की दिएकी थिइन् । धम्कीअनुसार नै उनले राम्रो नम्बर ल्याउन नसकेका विद्यार्थीलाई बिहीबार बेन्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले हात चिर्न लगाएको पीडित विद्यार्थीले बताए । निर्देशन नमाने आफैँ चिरिदिने धम्की दिएपछि आ–आफ्नो हात काटेको विद्यार्थीले बताए ।
पीडित विद्यार्थीका अनुसार परीक्षाको फुलमाक्स २० निर्धारण गरिएको थियो । पासमाक्स भने ८ तोकिएको थियो । शिक्षिकाले १५ भन्दा कम ल्याउने सबैको हात काट्न लगाएकी हुन् । सबैभन्दा कम नम्बर ल्याउने विद्यार्थीको हात सबैभन्दा बढी काटिएको छ । १५ नम्बर आसपास ल्याउनेको भने कम काटिएको छ ।
जडीबुटी बस्ने कक्षा ६ का विद्यार्थी सविन तामाङले ५ नम्बर मात्रै ल्याएका थिए । उनको देब्रे नाडी २० ठाउँमा चिरिएको छ । आलो घाउ देखाउँदै सविनले नयाँ पत्रिकासँग भने, ‘कम नम्बर ल्याउनेले धेरै काट्न भनेर मिसले भन्नुभएको थियो । नभए आफैँले काटिदिने चेतावनी दिनुभएको थियो । परीक्षामा मेरो कम नम्बर आयो, त्यसैले डराइडराई धेरै काटेँ ।’
सविनकै सहपाठी अरुण तामाङले पनि ५ नम्बर नै ल्याएका थिए । अरुणको १६ ठाउँमा काटिएको छ । ९.५ अंक ल्याएका कक्षा ६ कै अमृत गौतमको उनीहरूको भन्दा केही कम चिरिएको छ । सबैभन्दा कम सोही कक्षाका सार्थक श्रेष्ठको एक ठाउँमा मात्रै चिरिएको छ । उनले १४.५ नम्बर ल्याएका थिए ।
एकेडेमीका प्रधानाध्यापक राजनकुमार श्रेष्ठका छोरा आर्यको हातमा पनि एकपटक चिरिएको छ । ६ कक्षामा अध्ययनरत उनको १३.५ नम्बर आएको थियो । ‘मेरो माक्स अरूको भन्दा अलि धेरै आयो । त्यसैले एक ठाउँमा मात्रै काटियो,’ उनले भने ।
प्रअ श्रेष्ठले कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको नाडी चिरिएको स्वीकार गरे । ‘केही दिनअघि क्लास टेस्ट थियो । यसक्रममा नम्बर कम ल्याउने विद्यार्थीको हात काटिएको देखियो । सोसल साइन्स पढाउने शिक्षिकाबाट यस्तो काम भएको देखिएको छ । यो गम्भीर गल्ती हो । अब के गर्ने भन्ने विषयमा हामी अध्ययन गर्दै छौँ,’ श्रेष्ठले भने ।
शिक्षिका कर्माचार्यले बालबालिकालाई हात चिर्न लगाएपछि घाउमा नुनखुर्सानीसमेत दल्न भन्दै फोन गरेको अभिभावकको आरोप छ । कक्षा ६ मा अध्ययनरत आकृति रेग्मीकी आमा उमा रेग्मीले नयाँ पत्रिकासँग भनिन्, ‘म्यामले फोन गर्नुभएको थियो । नम्बर कम ल्याएकाले मैले छोरीको हात काट्न लगाएको छु । उनलाई नुनखुर्सानी लगाउने हो । छोरीलाई त्यही भन्नुहोला ।’
पीडक शिक्षिका सीतालक्ष्मी कर्माचार्य भन्छिन् मैले थोरै काट्न भनेँ, विद्यार्थीले धेरै काटेछन्
विद्यार्थीलाई अलिअलि डर त देखाउनै पर्यो । मैले कम नम्बर ल्याए काट्न लगाउँछु भनेकै हो । तर, काटिहाल्ने भनेको थिइनँ, विद्यार्थी एक स्टेप अघि बढेर धमाधम काटेछन् । जे भयो, मबाट ठूलो गल्ती भयो । मैले भन्नै नहुने थियो । एकपटकलाई माफी चाहन्छु ।
जसको हात काटियो
कक्षा ६: रेसिका लामा, आकृति रेग्मी, आर्म तामाङ, कृस्टिन श्रेष्ठ, नीतेशकुमार मण्डल, रोहन बुढाथोकी, सुनीता कार्की, वर्षा बुढाथोकी, सार्थक श्रेष्ठ, आदर्श चौधरी, बिपसा गौतम, अस्मी थापामागर, विवेश चौधरी, अजय विके, भीष्म बढू, सविन तामाङ, रेश्मा गिरी, अर्पन घिमिरे, अमृत गौतम, रोहन गुरुङ, राजु श्रेष्ठ, प्रज्वल थापा, रितेश ढुंगेल, रेश्मा थापामगर र काजोल यादव
कक्षा ७ः सामना दाहाल, दृष्टि, प्रदीप्ति, सन्देश, असिम, भुवन, सन्दीप, सुप्रिया र वर्षा
आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




