ललितपुर । शुक्रबार बिहान ललितपुरको चापागाउँ दोबाटो चोकमा एक युवती आफू ड्राइभरबाट बलात्कृत भएको भन्दै चिच्याइन् । स्थानीयले ती युवतीलाई प्रहरी चौकीमा गएर उजुरी हाल्न सुझाए । एक निजी कारको ड्राइभरले लिफ्ट दिने बहानामा बोलाएर आफूलाई बलात्कार गरेको पीडित भनिएकी युवतीको भनाइ छ ।
शुक्रबार बिहान २७ वर्षीया युवती सीता (नाम परिवर्तन) बौद्धबाट ललितपुरको चापागाउँस्थित हुम्दी घर जान भनेर निस्किएकी थिइन् । चापागाउँ जाने गाडी पर्खिरहेको अवस्थामा एक निजी कारका ड्राइभरले उनलाई लिफ्ट दिने अफर गरेका थिए । पछि ती निजी कारका चालकले आफूलाई बलात्कार गरेको उनले आरोप लगाएकी छन् ।
ड्राइभरबाट बलात्कृत भएको भन्दै पीडित भनिएकी सीता यतिबेला निवेदन दिन भन्दै महानगरीय प्रहरी वृत्त सातदोबाटो चौकी पुगेकी छन् । पीडित युवतीमाथि प्रहरीले थप सोधपुछ गरिरहेको छ ।
बौद्धबाट बिहान ६ बजे सार्वजनिक बस चढेर सातदोबाटो चोक आइपुगेको सीताले प्रहरीसमक्ष बताएकी छन् । सीताको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो, ‘बसबाट ओर्लिएलगत्तै एउटा निजी कारको ड्राइभरले लिफट् दिने बहानामा बलात्कार गरेको हो ।’
महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माका अनुसार पीडित भनिएकी युवतीका आफन्त सम्पर्कमा आएका छन् । ‘उहाँहरुलाई बोलाएर थप सोधपुछ गर्ने तयारीमा छौं,’ डीएसपी शर्माले बताए । हालसम्म उक्त निजी कारको नम्बर खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




