अन्नपूर्ण पोस्ट्ले नेपाली ‘नमस्कार’ विश्वव्यापी भएको सन्दर्भलाई प्राथमिकता दिएर प्रकाशित गरेको छ । भ्रमणमा आएका आइरल्यान्डका प्रधानमन्त्री लियो भारड्करसँग ह्वाइटहाउसमा भेट्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नमस्कार’ गरे । भेट हुँदा साटासाट गरिने नेपाली अभिवादन ‘नमस्कार’ यति बेला विश्वव्यापी बनेको छ । राष्ट्रपति ट्रम्प गत महिना भारत भ्रमणमा आउँदा त्यहाँ ‘नमस्ते ट्रम्प’ कार्यक्रम नै आयोजना गरिएको थियो । बेलायती राजकुमार चाल्र्स कमनवेल्थमा प्रवेश गर्दा हात मिलाउन खोजे तर सबैले नमस्कार गरे । फ्रान्सका राष्ट्रपति इम्यानुल म्याक्रोले स्पेनका राजारानीलाई नमस्कार गरे ।
नागरिक दैनिकले कोरोना भाइरसविरुद्ध लड्न सार्कले रणनीति बनाउनुपर्ने प्रस्ताव रोखेका र उनलाई सार्क राष्ट्ररुले समर्थन गरेको समाचार लेखेको छ । काठमाडौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक ट्विट गर्दै दक्षिण एसियाली सहयोग संगठन (सार्क) का नेताहरुसमक्ष कोरोना संक्रमण (कोभिड–१९) सँग लड्न बलियो रणनीतिक योजना बनाउने प्रस्ताव अघि सारेका छन्। भारत र पाकिस्तानबीचको खिचातानीले सार्क निष्क्रिय बनेका बेला मोदीले राखेको प्रस्तावले संकटका बीच यो क्षेत्रीय संगठनले पुनर्जीवन पाउने आशा पलाएको छ। चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को प्रकोप भारतसहित विश्वभर तीव्र गतिमा फैलिँदैछ।
अध्यक्ष राष्ट्रका तर्फबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटमार्फत मोदीको प्रस्तावको स्वागत गरेका छन्। ओलीले कोरोनाबाट आफ्ना नागरिकको सुरक्षा गर्न सार्क मुलुकहरुसँग निकट रहेर काम गर्न नेपाल सरकार तयार रहेको बताएका छन्।
भुटानका प्रधानमन्त्री लोट्य छिरिङले पनि मोदीको प्रस्तावको स्वागत गरेका छन्। उनले ट्विटरमार्फत सदस्य मुलुकका हिसाबले यस्तो समयमा सबै एकै ठाउँमा आउनै पर्ने बताएका छन्।
श्रीलंकाका राष्ट्रपति गोतावय राजापक्षले मोदीको पहलका लागि धन्यवाद व्यक्त गर्दै श्रीलंका छलफलमा सहभागी हुन, आफ्नो सिकाइ र अभ्यास बाँड्न तथा अन्य सार्क सदस्य मुलुकसँग सिक्न तयार रहेको बताएका छन्।
परराष्ट्र मामिलाका जानकार दिनेश भट्टराई मोदीको प्रस्ताव सार्कको पुनर्जीवनका लागि सकारात्मक संकेत भएको बताउँछन्। मोदीको प्रस्तावले सार्कको आवश्यकता महसुुस भएको संकेत गर्ने उनको बुझाइ छ। सार्कलाई सक्रिय बनाउन यो उपयुक्त समय भएको भट्टराईको विश्लेषण छ।
नयाँ पत्रिका दैनिकले भने घरेलु मदिराको सेवनले धनुषा जिल्लामा १५ दिनमा ११ जनाले ज्यान गुमाएको समाचारलाई प्राथमिकता दिएको छ । मदिराले बर्बाद स् १५ दिनमा एकै गाउँका ११ को मृत्यु
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा घरेलु रक्सी पिउँदा दुई सातामा ११ जनाको ज्यान गएको छ । तीमध्ये आठको बिहीबार र शुक्रबार मृत्यु भएको हो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुधन मण्डल, इन्द्रजित महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र नीरश यादव छन् । धनुषाकै रूपैठ घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुधन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको सुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर ज्यान गएको स्थानीयले बताएका छन् ।
मदिरा सेवनकै कारण भरत मण्डल, ईश्वर महरा, शम्भु महरा, उपेन्द्र महरा र सीताराम यादव सिकिस्त बिरामी छन् । ईश्वरको सिटी अस्पतालमै उपचार भइरहेको छ । अन्यको पनि जिल्लाका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
गाउँकै पसलमा प्राप्त घरेलु मदिरा सेवन गर्दा उनीहरूको मृत्यु भएको स्थानीयले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




