काठमाडौं । सानुमाया (नाम परिवर्तन) मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको एक विद्यालयमा पढाउँथिन्। उनका पनि रामबहादुर (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि विदेश गएका थिए। दुई सन्तानकी आमा सानुमायाले विद्यालयमा काम गर्दै घरपरिवारको पालनपोषण गर्दै आएकी थिइन्।
जब विदेशबाट रामबहादुर नेपाल फर्कने खबर आयो तब सानुमाया हराइन्। रामबहादुर नेपाल आउने दिन नै सानुमाया विद्यालयकै शिक्षक सन्देश (नाम परिवर्तन) सँग विवाह गरी गएको थाहा भयो।
सन्देशका पनि दुई सन्तान छन्। सानुमायाले पूर्वपति रामबहादुरले विदेशमा कमाएर पठाएको पैसा पनि लगेको मकवानपुर प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। यो विवाद अहिले अदालतमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुरेश श्रेष्ठले बताए।
यो खबर आजको नागरिक दैनिकमा मकवानपुरबाट अशोक सुजन श्रेष्ठले लेखेका छन्। हेटौंडा उपमहानगरपालिकाका कमलेश (नाम परिवर्तन) परिवारको उज्ज्वल भविष्यका लागि मलेसिया दुःख गरिरहेका थिए।
उनले कमाएको करिब १०–१५ लाख रुपैयाँ पत्नी रमिला (नाम परिवर्तन) को बैंक खातामा पठाए। कमलेश मलेसियामा हुँदै तीन छोराकी आमा रमिला अचानक गायब भइन्।
कमलेश आकस्मिक बिदा मिलाएर आए तर पत्नीले सबै पैसा कुम्ल्याएर पुरपुरुषसँग दोस्रो विवाह गरेको थाहा पाए। त्यसमाथि जग्गा पनि रमिलाकै नाममा थियो।
कमलेशले पैसा र जग्गासहित पत्नी हराएको भन्दै मकवानपुर प्रहरीमा निवेदन दिए। प्रहरीले रमिलालाई खोजी गरी छलफलमा राख्यो। कमलेशलाई जग्गा फिर्ता दिने सहमति गरे पनि पैसा भने दिन नसक्ने बताएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
यी त प्रतिनिधि घटना मात्रै हुन्। वैदेशीक रोजगारीमा गएका पतिहरू पत्नीबाट पीडित भएका यस्ता घटना थुप्रै छन्।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिदेसिएका पतिको पैसा लिएर छोराछोरीलाई बिचल्ली बनाएर परपुरुषसँग विवाह गरी जाने महिलाविरुद्ध प्रहरीमा उजुरीको संख्या बढेको छ।
चालू आव २०७६÷७७ को फागुन २१ सम्म पत्नी हराएको भन्दै २० उजुरी परेको प्रहरीको भनाइ छ। नेपालको ऐनकानुनअनुसार बहुविवाह वा दोस्रो विवाह गर्नु गैरकानुनी मानिन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




