काठमाडौँ । वैदेशिक रोजगार वा अन्य कामको सिलसिलामा जसरी पनि नेपाल नगई नहुने वाध्यता रहेका नेपालीहरुलाई सहयोग पुर्याउन एनआरएनए आईसीसीले पहल गरेको बताईएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले शुक्रवार साँझ आफ्नो सामाजिक संजालमा लेखेकेका छन् – वैदेशिक रोजगारी वा अन्य कामको सिलसिलामा विदेशमा अफ्ठेरोमा परेका नेपालीलाई कसरी सहयोग पुर्याउने भन्ने सन्दर्भमा आज माननीय गृह मन्त्री रामबहादुर थापा र माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग गैरआवासीय नेपाली संघको टोलीले भेटेर छलफल गरेको छ । भिसा तथा श्रम स्वीकृतिको म्याद सकिएर वा अन्य कारणले अप्ठेरोमा परेर स्वदेश नफर्की नहुने आपतकालीन अवस्था भएकालाई सहयोग पुर्याउन सरकार र संघबीच समन्वय गर्ने समझदारी बनेको छ । विदेशमा अप्ठेरो अवस्थामा रहनुभएका वा त्यसबारे जानकारी हुनुभएका जोकोहीले सम्बन्धित दूतावास वा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद (एनसीसी)मा सम्पर्क गर्नहुन अनुरोध छ । यो विषम परिस्थितिमा हामी सकेसम्म जो जहाँ छौँ त्यहीँबाट मुकाबिला गर्नुको विकल्प छैन । आपतकालीन अवस्थामा उद्धार वा सरसयोगका निम्ति हामी सरकारसँग निकट सम्पर्कमा छौँ । सरकार पनि यसमा निकै सकारात्मक र तत्पर रहेको हामीले पाएका छौँ । भेटका निम्ति समय मिलाउनुभएकोमा र पहलकदमीको तत्परता देखाउनुभएकामा मन्त्रीद्वयमा आभार ?।
पन्तको यो, जानकारीलाई आधार मान्ने हो भने, यदि तपाई समस्यामा हुनुहुन्छ भने, तपाई रहेको देशको गैरआवासीय नेपाली संघको राष्ट्रीय समन्वयय समितिमा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




