{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1584780401166","source":"other","origin":"unknown","sources":["297343417150201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1584780401229"}

टोकियो । गैरआवासीय नेपाली संघ जापानले एलिजा केसी भण्डारीलाई कोरोना भाईरस सहजीकरण संयोजक तोकेको छ ।

एनआरएनए आईसीसीको परिपत्र अनुरुप,एनआरएनए  जापानको तर्फबाट कोरोना भाईरसबारे, नजिकबाट अध्यन गरिरहनु भएकी र पब्लिक हेल्थमा पीएचडी गर्दै रहनु भएकी साथै एनआरएनए जापानको उच्चस्तरीय समिति सदस्य समेत रहनुभएकी एलिजा केसी भण्डारीलाई  मनोनीत गरीएको हो ।

एनआरएनए जापानका अध्यक्ष, देवीलाल भण्डारीका अनुसार, यस  अभियानको लागि अब छिट्टैनै संयोजकहरुको  मातहतमा बिभिन्न क्षेत्रबाट पनि समन्वयकर्ताहरु लाई मनोनित गरी,  नेपाली समुदायलाई कोरोना भाईरसको प्रकोपबाट बचाउनका निम्ति आवस्यक कदम चालिने छ । त्यस्तै, महासचिव जनक विक्रम शाहीका अनुसार जापानमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई यस विषम परिस्थिति बाट बच्न सावधानीका उपायहरु अवलम्बन गरी सुरक्षित रहनका लागि जनचेतना फैलाउन बनेको यस संयन्त्रमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।

एनआरएनए जापानले , हाललाई कोरोना भाईरस सम्बन्धि कुनैपनी आवस्यक जानकारीको लागि संयोजक एलिजा केसी भण्डारी , एनआरएनए जापान कार्यसमिति तथा हेल्पलाईन नम्बर ०८० – ९७०० – ६०११ र क्षेत्रीय संयोजकहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

नवनियुक्त संयोजक केसीसंग,  ईमेल :- 18mp204 @ slcn . ac . jp  मेलमार्फत तथा  सम्पर्क नम्बर :0 90 – 6565 – 4748 मा सम्पर्क गर्न सकिनेछ ।

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार