एजेन्सी । विश्वभर व्यापकरुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण मृत्यु हुनेको संख्या १६ हजार पाँच सय १० पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार कोरोनाका कारण सबैभन्दा बढी इटालीमा मृत्यु भएको छ । त्यहाँ गएको २४ घन्टामा कोरानाका कारण ६ सय १ जनाले ज्यान गुमाएका छन् ।

योसँगै मंगलबार बिहानसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको छ । कोरोना भाइरस उत्पत्ति भएको चीनमा भने २४ घन्टामा ७ जनाले मात्र ज्यान गुमाएका छन् ।

२४ घण्टामा कोरोनाका कारण स्पेनमा ५३९, अमेरिकामा १३९, इरानमा १२७, फ्रान्समा १८६, युकेमा ५४, नेदरल्याण्डमा ३४, स्वीटजरल्यान्डमा २२, इन्डोनेसियामा १, भारतमा ३ जनाको मृत्यु भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार