काठमाडौं । कोरोनाको संक्रमण र मृत्युदर दिन प्रतिदिन बढ्दो क्रममा देखिएको छ । चीनको वुहान सहरबाट फैलिएको कोराना सुरुवातको महिनाभरमा नफैलिएका संख्या अहिले एकै दिनमा बढी फैलिएको छ ।

शुक्रबार बिहानसम्म आउदा विश्वको सबैभन्दा बढी संक्रमित राष्ट्र अमेरिका भएको छ । करिव १७ हजार जना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म ८५ हजार २ सय २ जना संक्रमित हुँदा १ हजार २ सय ९० जनाको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म ८१ हजार २ सय ८५ संक्रमित हुँदा ३ हजार २ सय ८७ जनाको मृत्युु भएको छ । इटालीमा ८० हजार ५ सय ८९ संक्रमित हुँदा ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ । हालसम्म ५ लाख ३१ हजार ५ सय १६ जना संक्रिमित हुँदा २४ हजार ६१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित राष्ट्र १९६ पुगिसकेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार