{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585448985484","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585448985418","source":"other","origin":"unknown"}

टोकियो । टोकियोमा कोरोना भाईरसको संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै शनिबार राती ९ बजेसम्मको तथ्यांक अनुसार   ३६२ जना पुगेको छ ।

शनिबार एकैदिन जापानमा २०८ जना संक्रमितहरु पुष्टि भएको  छ । शनिबार थपिएको नयाँ संक्रमितहरुको संख्याले टोकियो तथा चिवा प्रान्तमा विशेष खतराको संकेत गरेको छ । एकैदिन टोकियोमा ६३ जना, चिबामा ५८ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमणको क्रम जापानभरी नै फैलिरहेता पनि, पछिल्ला दिनमा टोकियो, चिवा, खानागावा, साईतामा तथा ओसाकामा तुलनात्मक तीव्र देखिएको छ । र ति स्थानहरुमा सरकारले आम नागरिकलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन तथा सुरक्षा अप्नाउन आग्रह गरेको छ ।

शनिबार सम्म जापानभर संक्रमितहरुको संख्या २४ सय ३४ जना पुगेको छ । जसमा जापान भित्रै संक्रमण भएका १७ सय ८, चाईनाबाट चाटर्ड गरि ल्याएकाहरुमा १४ र डाईनामिक क्रुजका यात्रीहरु ७ सय १२ जना रहेका छन् । यसमा ६५ जनाको निधन भएको छ भने , १ हजार ७ जना स्वास्थ्य लाभ गरि घर फर्केका छन् ।

यो चार्टमा पनि हेर्न सक्नुहुनेछ ।

। शनिबार ह्वात्तै बढेको संक्रमणको संख्यासंगै प्रधानमंत्री सिन्जो आवेले पत्रकार सम्मेलन गरि,यो संक्रमणलाई जित्न हर सम्भव प्रयास गरिरहेको र गर्ने प्रतिवद्धता देर्याए । तत्कालाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन तथा सुरक्षाका उपायहरु अप्नाउन आम जनतामा आह्वान गरे । शनिबार सम्म तपाई बसेको प्रान्तहरुमा संक्रमणको संख्या कस्तो छ त ? हेरौँ यो तस्बिरमा

स्रोत: निप्पोनडटकम

टोकियो तथा चिवामा पछिल्ला दिनमा पुष्टी भएका संक्रमितहरु हस्पिटल तथा नर्सिंङहोमहरु अधिक  देखिएका छन् । यसका अलवा उमेर संख्यामाका आधारमा हेर्ने हो भने पनि सबै उमेर समुहका मानिसहरुमा संक्रमण देखिएको छ । १० वर्ष, २० वर्ष, ३० वर्ष, ४० वर्ष, ५० वर्ष,६० वर्ष,७० वर्ष तथा ८० वर्षसम्म सबै उमेर समुहका मानिसहरु संक्रमित भएका छन् । यो मध्ये अधिक ६० देखि माथि उमेर समहुका रहेका छन् ।

हालसम्म नेपाली समुदायका कोहि पनि संक्रमित भएका छैनन् । अझै सुरक्षा अप्नाऔँ, आफु र आफ्नो समुदाय प्रति जिम्मेवार बनौँ ।

थप अपडेटका लागि हामीलाई हेर्दैगर्नुहोला ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार