{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585614003232","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585614003171","source":"other","origin":"unknown"}

टोकियो । सोमबार जापानभर, ७२ जनामा कोरोना भाईरसको नयाँ संक्रमित पुष्टी भएको छ । भएकोछ । यो संगै जापानभित्रै कोरोना संक्रमित हुनेहरुको संख्या १९६५ पुगेको छ ।

सोमबार पनि टोकियोमा १३ जनामा कोरोना भाईरसको नयाँ संक्रमण भेटिएको छ । यो संख्यासंगैटोकियो भित्र मात्रै संक्रमितहरुको संख्या ४ सय ४३ जना पुगेको छ । यस मध्येमा ४० जना निको भएरघर फर्केका छन भने  ८ जनाको निधन भएको छ । सोमबार राती ८ बजेसम्मको जानकारीमा ३८२ जनाहस्पिटलमा उपचाररत छन् । जसमा १५ जनका अवस्था गम्भिर रहेको छ ।

हेर्नुहोस् यो चित्रमा

क्योउतो सान्ग्यो विश्वविद्यालयमा अध्यायनरत ९ जना विद्यार्थीहरुमा कोरोना भाईरसको संक्रमणपुष्टी भएको छ । सोहि विश्वविद्यालयमा अध्यायनरत १३ जनामा संक्रमण पुष्टी भएको छ ।

दिक्षान्त समारोहमा जम्मा हुँदा, यो धेरै व्यक्तिहरुमा संक्रमण भएको हुनसक्ने आशंक्का गरिएको छ । बिदेश भ्रमणमा गएकाविद्यार्थीहरु लगायतका कारण एकै ठाउँमा ठूलो संख्यामा संक्रमण भेटिएको हुनसक्ने अनुमान गरिएको छ ।

कान्साई टेलिभिजनले जनाए अनुसार, वाखायामा प्रान्तमा बस्ने संक्रमित एक विद्यार्थी गत २१ तारिख  भएको दिक्षान्त समारोहमासहभागी थिए । यस्ले अझ त्यहाँ धेरै व्यक्तिहरुमा संक्रमण रहेको हुनसक्ने आशंका बढाईदिएको छ ।

लोकप्रिय जापानी हाँस्यकलाकार सिमुरा केनको कोरोनाको कारण निधन

जापानमा कोरोना संक्रमण बढ्दो, आईतबार टोकियोमा मात्रै ६८ जनामा पुष्टी( अपडेट)

कोरोनाका कारण जापानी कम्पनीहरुले नाईतेई(内定) रद्द गर्न थाले, विदेशी विद्यार्थीहरुमा पनि ठूलो प्रभाव पर्ने

अझै आपतकालिन अवस्थामा पुगेको छैन – टोकियो गभर्नर कोईके

सोमबार, टोकियोमा बढ्दो कोरोना भाईरसको संक्रमण तथा त्यसको रोकथामका लागि भईरहेका प्रयासहरुबारे जानकारी गराउनेउद्देश्यले टोकियो महानगरकी गभर्नर युरिको कोईकेले आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिन् । दिनप्रतिदिन संक्रमितहरुबढिरहेको, सार्वजनिक सवारी साधनहरुको वाध्यात्मक प्रयोग गर्नुपर्ने अवस्था रहेकाले टोकियोलाई तत्काल स्वास्थ्य आपातकालघोषणा गरि, बाहिर हिँडडुलमा प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको भएपनि, अझै त्यस्तो आपत्कालीन अवश्था सिर्जना नभएकोभन्दै, कोईकेले आम मानिसहरुलाई आफैँ सजग रहन आग्रह दोहोर्याईन् । उनले महानगरवासीहरुलाई रात्रीकालिन क्लव तथाखाराओकेहरुमा नजान आग्रह गर्दै केहि समय भिडभाड नियन्त्रणमा योगदान दिँदै अत्यावश्यक काम बाहेक बाहिर भिजभाडमाननिस्किन अनुरोध गरिन् । साथै शंका लागेमा  सरकारले निर्धारण गरेका कोरोना परामर्शकेन्द्रहरुमा सम्पर्क गरि परामर्श लिईआवाश्यक प्रकृया अगाडि बढाउन पनि सुझाव दिईन् ।
यस्तो सोमबार विभिन्न प्रान्तहरुमा देखिएको संक्रमण संख्या 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार