{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585700383578","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1585698306416","source":"other","origin":"unknown"}

टोकियो । जापानमा कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । मंगलबार जापानका विभिन्न स्थानहरुमा गरि एकैदिन २५९ जनामा नयाँ संक्रमण  पष्टी भएको छ । एकै दिन पुष्टी भएको संक्रमितहरुको संख्या हालसम्मकै उच्च हो ।

मंगलबार पुष्टी भएको संख्या  संगै जापानमा कोरोना संक्रमण २हजार ९ सय ३३ जनामा पुगेको छ । यसमा ७ सय १२ जना भने डाईनामिक क्रुजका यात्रीहरु हुन् । त्यसो त संक्रमण र मृत्यु हुनेको संख्यासंगै स्वास्थ्य लाभ गरि घर फर्कनेहरुको पनि संख्या ६ जना भन्दा माथी पुगेको छ । मंगलबार सम्ममा जापानभित्रै ६६ जनाको कोरोना भाईरसका कारण निधन भएको छ ।

मंगबार, टोकियो ७८ जना,ओसाका २८ जना ,फुकुओका १७ जना,साईतामा १५ जना,खानागावा १४ जना,चिबा १३ जना सहित धेरै संक्रमित बढेका ठाउँहरु हुन् ।यसका अलवा संक्रमण देखिएका विभिन्न प्रान्त तथा संक्रमितको संख्या यस प्रकार छ ।

जापानको टोकियोमा एकैदिन ७८ जना नयाँ संक्रमित भेटिएपछि, महनगरकी गभर्नरले प्रधानमन्त्री सिन्जो आवेसँग केन्द्रिय सरकारको साहयता माग गरेको खुल्न आएको छ । हरेक दिन ज्यामितिय अनुपातमा संक्रमण बढेपछि, तत्काल आपतकालिन अवस्था घोषणा गर्ने तथा अन्य प्रभावकारी संयन्त्र निर्माण गर्ने  सन्दर्भमा प्रधानमन्त्री आवेसंग भेट गरिएको संचार माध्यमहरुले उल्लेख गरेका छन् । यद्यपी आन्तरिक पहलहरु प्रभावकारी बनाईएता पनि, सयौँ/हज्जारौँको संख्यामा मानिसहरु रहने- विद्यालय, विश्वविद्यालय तथा स्याहार केन्द्रहरुमा धमाधम संक्रमण देखिन बढ्न थालेपछि सरकारलाई तत्काल आम जनाताले महशुस गर्नेगरि कदम चाल्न प्रेसर बढिदै गएको छ ।

?टोकियोमा कोरोनाको संक्रमणबाट एकैदिन ७ जनाको मृत्यू,संक्रमितको संख्या ५ सय नाघ्यो(अपडेट)

भाईरस संक्रमणको दर यहि गतिमा बढ्दै गएमा टोकियोमा कहालिलाग्दो अवस्था सिर्जना हुनसक्ने भन्दै,आम जनता तथा जानकारहरुले लकडाउनको लागि सुझाव दिन थालेका छन् । यद्यपी यसबारेमा महानगरले मन्त्रिपरिषदको निर्णय खोजेको देखिएको छ । अवस्था यस्तै रहे, केहि दिनभित्रै टोकियो लकडाउन पनि हुनसक्छ ।

?टोकियोमा मंगलबार ७८ जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टी, टोकियोमा जोखिम बढ्दो

कोरोनाका कारण जापानी कम्पनीहरुले नाईतेई(内定) रद्द गर्न थाले, विदेशी विद्यार्थीहरुमा पनि ठूलो प्रभाव पर्ने

?टोकियोमा कोरोना संक्रमण बढ्ने क्रम जारी, सोमबार जापानको ४३ वटा प्रान्तमा संक्रमित भेटिए(अपडेट)

?टोकीयो र चिबामा कोरोना संक्रमण तीव्र, शनिबार जापानभर २०८ जनामा नयाँ संक्रमण

?कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन – डा रविन्द्र पाण्डे

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार