काठमाडौं । अमेरिकामा कोरोनाको फैलावट र मृत्युदर प्रत्येक दिन बढ्दो छ । पछिल्लो दुई दिन ९हिजो र आज० मात्रै अमेरिकामा करिब ४४ हजार नयाँ संक्रमित देखिएका छन् ।

अघिल्लो दिन २० हजार ९ सय ९७ जना नयाँ संक्रमित अमेरिकामा मात्रै देखिएकोमा पछिल्लो दिन २३ हजार ५ सय ५२ जना नयाँ संकरमित थपिएका छन् । अघिल्लो दिन ५५८ जनाको मृत्यु भएकोमा पछिल्लो दिन ७ सय १९ जना थपिएका छन् ।

अहिलेसम्म संक्रमित भएको संख्याको हिसावमा २१ प्रतिशत अमेरिकामा देखिएका छन् । अमेरिका र यूरोपमा अत्याधिक रुपमा नयाँ संक्रमित र मृत्युदर बढेको छ । ८ लाख ५६ हजार ९ सय १० जना संक्रमित हुँदा ४२ हजार १०७ जनाको मृत्यु भएको छ ।

पछिल्लो १ दिनमा ७२ हजार १७२ जना नयाँ संक्रमित हुदा ४ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण छिमेकीदेश भारतमा पनि बढेर १ हजार ३ सय ९७ पुगेको छ ।अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार