
टोकियो ।बुधवार पनि टोकियोमा एकैदिन १४४ जना मानिसहरुमा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
पछिल्ला २ सातादेखि टोकियोमा हरेक दिन कम्तिमा पनि १ सय जनाको दरमा संक्रमितहरु बढिरहेका छन् । यहि बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सरकारले एक महिने आपतकालिन् अवस्थाको घोषणा पनि गरेको छ ।
बुधवार प्रमाणित भएको १४४ जनाको संक्रमण टोकियोमा एकैदिन भेटिएको हालसम्मकै ठूलो संख्या हो । यो संख्यासंगै टोकियोभित्र संक्रमित हुनेहरुको संख्या १३४० जना पुगेको छ । यस मध्ये ३१ जनाको निधन भएको छ ।
बुधबार टोकियोमा मात्र नभई जापानका अन्य विभिन्न प्रान्तहरुमा पनि संक्रमितहरुको संख्या बृद्दी भएको छ । आज जापानभरी गरेर ५०० जना भन्दा बढी व्यक्तिहरु संक्रमित पुष्टि भएको छ । यो संख्यासंगै जापानमा हालसम्म ५६६२ जनामा कोरोना भाईरस संक्रमण भएको छ । यस मध्ये ११४ जनाको निधन भएको छ भने १२७० जना निको भएर घर फर्किएका छन् ।
दिउँसो ४ बजेसम्मको तथ्यांक्क अनुसार, टोकियोसंगै आज पनि जापानभर संक्रमितहरुको संख्या थपिएको छ ।
अमेरिकामा एकैदिन १,९३४ को मृत्यु, संक्रमितको संख्या ३ लाख ९५ हजार
टोकियोमा एकैदिन ११८ जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टी,अवस्था लकडाउन उन्मुख ( अपडेट)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




