एजेन्सी । युद्धग्रस्त यमनमा पहिलो कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । विश्वमा कोरोना भाइरस संक्रमण नपुगेका केही देशहरुमध्ये यमन पनि एक थियो ।

युद्धग्रस्त यमनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै सहायता एजेन्सीहरुले चिन्ता व्यक्त गरेका छन् । वर्षौको युद्धका कारण यमनको स्वास्थ्य प्रणाली अत्यन्तै कमजोर अवस्थामा छ । गैर सरकारी संस्था अक्सफामले यो दुःखद झट्का भएको बताएको छ भने इन्टरनेशनल रेस्क्यू कमिटिले यसलाई नराम्रो सपना भएको टिप्पणी गरेको छ ।

यमन संसारकै सबैभन्दा ठूलो मानवी संकटको सामना गरिरहेको छ । यहाँका लाखौं मानिस शरणार्थी बनेका छन् भने एक करोडभन्दा बढी भोकमरीको चपेटामा छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार