काठमाडौं । मंगलबार विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ७६ हजार ६ सय नयाँ संक्रमित थपिँदा ६ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २६ हजार नयाँ संक्रमित देखिँदा २४ सयले ज्यान गुमाएका छन् ।
त्यस्तै, बेलायतमा ७७८ हजारले ज्यान गुमाउँदा ५ हजार २ सय नयाँ संक्रमित थपिएका छन् । फ्रान्समा २४ घण्टाभित्र साढे ६ हजार संक्रमित भेटिएकामा ७६२ को मृत्यु भएको छ । इटालीमा ६०२ व्यक्तिले ज्यान गुमाउँदा २९ सय संक्रमित थपिएका छन् । वर्ल्डमीटर इन्फोका अनुसार विगत २४ घण्टामा स्पेनमा ४९९ जनाको मृत्यु हुँदा करिब ३ हजार संक्रमितको पुष्टि भएको छ ।
वर्ल्डमीटरले मंगलबार चीनमा नयाँ संक्रमण र मृत्यु भएकोबारे तथ्यांक उल्लेख गरेको छैन । टर्कीमा ४ हजार संक्रमित थपिँदा १०७ जनाले ज्यान गुमाए । त्यस्तै, २४ घण्टामा बेल्जियममा २५४, क्यानाडामा १२३, नेदरल्याण्ड्समा १२२, इरानमा ९८, ब्राजिलमा २०४ जनाको मृत्यु भएको छ । छिमेकी मुलुक भारतमा मंगलबार १ हजार ३४ नयाँ संक्रमित थपिँदा ३५ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा मंगलबार २ जना संक्रमितको पुष्टि भयो । योसँगै नेपालमा संक्रमितको कुल संख्या १६ पुगेको छ । जसमध्ये १ जना निको हुँदा १५ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको कोरोनाबाट विश्वका २१० देश प्रभावित भइसकेका छन् ।
बुधबार बिहानसम्म कोरोनाबाट १९ लाख ९७ हजार संक्रमित हुँदा १ लाख २५ हजार बढीको ज्यान गइसकेको छ । यस्तै, ४ लाख ७८ संक्रमित भने उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




