काठमाडौं । दक्षिण कोरियामा बुधबार संसदीय निर्वाचन सुरु भएको छ । स्थानीय समय अनुसार बिहान ६ बजेदेखि मतदान सुरु भएको हो । मुलुकको राष्ट्रियसभाको लागि यो निर्वाचन भइरहेको छ । दक्षिण कोरियाको राष्ट्रियसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक गरी तीन सय सिट छ ।
अलजजीराका अनुसार विश्वभर कोरोना भाइरस (कोभिड-१९) को महामारी चलिरहेकै अवस्थामा दक्षिण कोरियाले भने आवश्यक सतर्कता अपनाएर मतदान सुरु गरेको छ । दक्षिण कोरियामा बुधबार नै मतदान गर्ने व्यवस्था पनि मिलाइएको थियो । जसअनुसार उल्लेख्य संख्यामा मानिसहरुले सहभागिता जनाएका थिए ।
दक्षिण कोरियामा कोरोना भाइरसको कारण अहिलेसम्म १० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २२२ जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा कोरोना भाइरस फैलिन नदिन सबै मतदातालाई मास्क, पञ्जा, तापमान परीक्षण र सामाजिक दूरी कायम राख्नु अनिवार्य गरिएको छ ।
कोरोना भाइरस नियन्त्रण गर्न सफल बनेसँगै दक्षिण कोरियामा डेमोक्रेटिक पार्टीलाई केही फाइदा पुग्न सक्ने अपेक्षा छ । बुधबार साँझसम्म दक्षिण कोरियामा निर्वाचनको नतिजा आउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




