काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ८५ हजार नयाँ संक्रमित थपिँदा ७ हजार ९ सय व्यक्तिको मृत्यु भएको छ । बुधबार सबैभन्दा बढी अमेरिकामा ३० हजार नयाँ संक्रमित थपिएका छन् ।

२४ सय ८२ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ संक्रमितको संख्या ६ लाख ४४ हजार नाघ्दा २८ हजारको मृत्यु भएको छ । वर्ल्डओमीटरका अनुसार बितेको २४ घण्टामा फ्रान्समा १४ सय ३८ को मृत्यु हुँदा ४५ सय नयाँ संक्रमित थपिएका छन् ।

बुधबार एकैदिन बेलायतमा ७६१ ले ज्यान गुमाउँदा ४६ सय नयाँ संक्रमित थपिए । २४ घण्टामा स्पेन ५५७, इटालीमा ५७८, जर्मनीमा ३०९, बेल्जियममा २८३, ब्राजिलमा २२५, नेदरल्याण्ड्सले १९८, टर्कीमा ११५ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको उद्गमस्थल चीनमा भने गएको २४ घण्टामा ४६ नयाँ संक्रमित थपिँदा १ जनाको मात्र मृत्यु भएको छ । त्यहाँ संक्रमितको कुल संख्या ८२ हजार २ सय नाघ्दा ३ हजार ३४२ जनाले ज्यान गुमाएका छन् ।

चीनमा हालसम्म ७७ हजार ८ सय व्यक्ति उपचारपछि निको भइसकेका छन् । गत डिसेम्बर वुहान शहरमा देखिएको कोरोना अहिलेसम्म विश्वका २०१० देशका साथै २ पानीजहाजमा फैलिँदा २० लाख ८२ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् ।

जसमध्ये १ लाख ३४ हजारको ज्यान जाँदा ५ लाख १० हजार बढी संक्रमित उपचारपछि घर फर्किएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार