{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587048467208","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587023474405","source":"other","origin":"unknown"}

टोकियो ।   बिहिबार जापान भरमा एकैदिन ५ सय ७० जनामा कोरोना भाईरसको नयाँ संक्रमण पुष्टि भएको छ । यो संगैजापानभित्रै संक्रमितहरुको संख्या ९ हजार २ सय ९२ जना पुगेको छ । डायमण्ड क्रुजका संक्रमितहरुको संख्या पनि जोड्दाजापानमा संक्रमितको संख्या १० हजार ४ जना पुगेको छ ।

बिहिबार जापानभर संक्रमितहरुको संख्यासंगै मृतकहरुको संख्यामा पनि वृद्धि भएको छ । टोकियोमा ३ जना, साईतामाकेनमा २जना, खानागावाकेनमा,मिएकेन, ह्योगोकेन, फुकुओकाकेन, ओईताकेन तथा ओकिनवाकेनमा १/१ जना जना सहित ११ जनाको मृत्युभएको छ । बिहिबार पुष्टि भएको संख्यासंगै जापानभर कोरोनाका कारण मर्नेहरुको संख्या २०३ पुगेको छ ।

सँधैजसो सबैभन्दा धेरै  संक्रमित प्रमाणित हुँदै आएको टोकियोमा बिहिबार पनि १सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १०३ मा संक्रमणको कारण पत्ता लाग्न सकेको छैन । टोकियोमा पछिल्ला दिन पुष्टि भएका संक्रमित मध्ये झण्डै ६० प्रतिशतमासंक्रमणको कारण खुल्न सकेको छैन । बिहिबार राती ११ बजेसम्मको जानकारी अनुसार टोकियोभित्र संक्रमितहरुको संख्या २५ सय९५ जना पुगेको छ ।

टोकियो पछि अधिक संक्रमित रहेका ओसाकामा विहिबार पनि ५२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । यो संख्यासंगै ओसाकामापनि हालसम्म संक्रम्तहरुको संख्या १ हजार नाघेको छ ।

मे ६ तारिखसम्म ४७ वटै प्रान्तमा आपतकाल घोषणा

कोरोना भाईरसको संक्रमण नियन्त्रण प्रयास स्वरुप अति प्रभावित ७ वटा प्रान्तमा आपतकाल घोषणा गरेको जापान सरकारले बिहिबार ४७ वटै प्रान्तमा आपतकाल घोषणा गरेको छ ।

टोकियो, चिबा, साइतामा, खानागावा, ओसाका, ह्योगो, फुकुओका, आईची तथा होक्काईदोमा जस्तै अन्यत्र पनि संक्रमितहरुकोसंख्या बढ्दै जाँदा ४७ वटै प्रान्तहरुमा आपतकाल घोषणा गरि प्रभावकारी नियन्त्रण गर्न आवश्यक रहेकाले सरकारले यस्तो निर्णय गरेको हो ।आपत्काल तत्काललाई मे महिनाको ६ तारिखसम्मको लागि रहने बताईएको छ ।

कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि,जापानभर आपत्काल घोषणाको तयारी

बिहिबार टोकियोमा एकैदिन १४९ जनामा कोरोना संक्रमण, संक्रमितहरुको संख्या २५ सय नाघ्यो( अपडेट)

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार