{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587308169076","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1587308169072","source":"other","origin":"gallery"}

टोकियो । आइतबार राती १० बजेसम्मको जानकारी अनुसार जापानमा आन्तरिकरुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएकाहरुसहितको संख्या १०६५१ पुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितकोसंक्रमितहरुको संख्या ११३६३ जना पुगेको छ ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले २३० जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित २४३जना पुगेको छ ।

आईतबार जापान भर  ३७२ जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।

जापानमा सरकारले वितरण गरेको मास्क फोहोर भेटिए 
जापान
सरकारले प्रतिपरिवार २ वटाका दरले बितरण सुरु गरेको मास्कहरु  फोहोर भेटिएको छ ।

स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार, शुक्रबारबाट वितरण सुरु भएको मास्कमा आईतबारसम्ममा कम्तिमा १९ सय ओटामाफोहोर भेटिएको छ । स्रोतका अनुसार ति मास्कहरुमा धुलो तथा अन्य धुलोजन्य

फोहोरहरु भेटिएका हुन् । यसका साथै त्यसरी उपलब्ध गराईएको मास्कहरुको साईज पनि सानो भएकाले नाक तथा मुख दुवै छोप्नसमेत गाह्रो हुनेखालको भन्दै आलोचना गरिएको छ ।

टोकियो लगायतका १३ वटा प्रान्तका म्याकडोनल्डमा बसेर खान नपाईने

कोरोना भाइरसको संक्रमण दिनहुँ बृद्दी भईरहँदा, म्याकडोनल्डले जापानका विभिन्न १३ प्रिफेक्चरमा ग्राहकहरुको लागि स्टोरभित्रैबसेर खान बन्देज लगाउने निर्णय गरेको छ । जापान सरकारले कोरोना भाइरसको जोखिम बढि रहेको १३ प्रिफेक्चरहरु–टोकियो, खानागावा, साइतामा, चिबा, ओसाका, ह्योगो, फुकुओका, होक्काइदो, इबाराकी, इसिकावा, गिफु, आइची तथा क्योतोमा यस्तोनियम  लागु गरिएको हो ।

यि १३ वटा प्रान्तका सबै पसलहरुम् अप्रिल २० तारिक यानेकि आज बिहान ५ बजेदेखि मे महिनाको ६ तारिकसम्म लागू हुनेगरिस्टोरभित्रै बसेर खान बन्देज लगाइएको बताईएको छ ।

जापान सरकारद्वारा कोरोनाका विरामी राख्न २ लाख १० हजार होटलका कोठाहरु सुरक्षित

पर्याप्त बेडहरुको अभाव भएको भनिएको जापानमा, सरकारले कोरोना भाइरस संक्रमित बिरामीहरुको लागि जापानभरका विभिन्नक्षेत्रहरुमा गरि, २ लाख १० हजारभन्दा होटलका कोठाहरु सुरक्षित गरेको समाचारहरुले जनाएका छन् । स्वास्थ्य मन्त्रालयले दिएकोजानकारी अनुसार यस्ता होटलमा सामान्य लक्षण देखिएको अथवा लक्षण नदेखिएको कोरोना संक्रमित बिरामीहरुलाई राखिनेछ ।हाल टोकियो लगायतका केहि सहरहरुमा अस्पतालको बेड अभाव भएको भन्दै सामान्य लक्षण देखिएका केहि बिरामीहरुलाई घरमैआरम गर्न लागाईएको थियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार