
टोकियो । बुधवार बिहान ११ बजेसम्मको जानकारी अनुसार जापानमा आन्तरिकरुपमा संक्रमित रचीनबाट चार्टर गरि ल्याइएकाहरु सहितको संख्या ११५७९ जना पुगेको छ भने योकोहामा पोर्टमाक्वारेन्टायन गरेको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितको संक्रमितहरुको संख्या१२२९१जना पुगेको छ ।
बुधबार बिहान नागासी केनमा प्रमाणीत ३३ जना तथा अन्य ३ सहित ३६ जना थपिईएका हुन् ।
जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले २८० जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरु सहित २९३जना पुगेको छ । यसका साथै मंगबार सम्ममा १९८४ जनाले स्वास्थ्य लाभ गरेका छन् । मंगल एकैदिन ११७ जना निको भएर घरफर्किएका छन् ।
अब लागौँ जापानभर मंगलबार कहाँ कति संक्रमितहरु भेटिए भन्ने जानकारी तर्फ ।
++++++++
जापान पोस्ट आजबाट बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म मात्र खुल्ने भएको छ । जापान पोष्टको वेसाइटमा प्रकाशितसूचनाअनुसार टोकियो, साइतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओका प्रान्तका शाखाहरुमा यो समय कायम गरिएकोछ ।
कर्मचारीहरु प्रत्यक्ष नरहने, एटिएम भने साबिककै तालिका अनुसार खुल्ने जनाईएको छ ।
+++++++
जापानको ई–कमर्स कम्पनी राकुतेनले कोरोना भाइरस परिक्षण किट बेच्न सुरु गरेको छ । राकुतेनले टोकियो, साइतामा, चिबा, खानागावा र इबाराकीकेनका कम्पनी र संस्थाहरुलाई परिक्षण किट बेच्ने निर्णय गरेको बताएको छ ।
यद्यपी राकुतेनको यो किटले कोरोना संक्रमणको मेडिकल परिक्षण गर्न नमिल्ने तर कोहि कोहि व्यक्ति सेल्फ आइसोलेट गर्न जरुरीछ कि छैन भन्ने सम्म पत्ता लगाउनका लागि उपयोगी हुनेछ ।
+++++++++
कोरोना भाईरसका कारण जापानमा रहेका विदेशी विद्यार्थीहरुमा विशेष समस्या देखिन थालेको छ । कोरोना संक्रमणको कारणउनिहरुमा आर्थिक समस्यादेखि अध्यायन, रोजगारी तथा भिसा लगायतका सबै प्रकारका समस्याहरु गहिरिदै गएको समाचारहरुमाजनाईको छ । अधिकांसले साताको २८ घण्टाको काम पनि गुमाएकाले दानिकी संचालन गर्नै कठिन अवस्थामा पुगेका छन् भने, स्कुल कलेजको शुल्क लगायतका आर्थिक भारहरु पनि थपिँदै अर्को समस्यामा फस्न पुगेका छन् । कतिपयले भने स्रोत मुलुकबाटपैसा ल्याउन समेत नसक्ने अवस्थामा पुगेका छन् ।
जापानमा, विभिन्न देशका झण्डै ४ लाख विदेशी विद्यार्थीहरु रहेका छन् ।
+++++++
जापानमा कोरोना भाईरसका कारण आर्थिक समस्यामा परेका नेपालीहरुको लागि टोक्यो स्तिथ ओकूबो रहेको ग्लोवल होमनेटवर्क कंपनीले समस्यामा परेका बिशेषत: विद्यार्थी हरु सहित अन्य भिषामा रहेकाहरुको लागि प्रति परिवार ५ किलो चामल, १किलो दाल र २ वटा मास्क वितरण गर्ने बताएको छ ।
जापान आएको एकबर्ष पुरा नभएकाहरु र काम नभएर दैनिकीमा समस्या पर्नसक्ने हरुको लागी यस्तो निर्णय गरिएको ग्लोबल होमनेटवर्ककले जनाएको छ ।लामो समयबाट जापानमा रहनु भएपनि अन्य प्रिफेक्चरबाट गएको एकमहिना भित्र टोक्यो, खानागावा, साइतामा चिबा आउनेहरुले समेत उक्त सहयोग लिन सक्नेछन् गर्न सक्नुहुनेछ।
एनआरएनए जापानका पूर्व उपाध्यक्ष तथा हालका सल्लाहाकार र कास्की पोखरासमाज जापानका संरक्षक समेत रहनुभएका शिबप्रसाद पौडेलका अनुसार सहयोग वितरण अउँदो मे १ तारिक सुक्रबारबाट सुरु गरिने छ । यध्यपी खाध्यान्न समस्या परेकाहरुले भनेअफुले चाहेकै मितिबाट प्राप्त गर्न सक्नेछन् ।
खाद्यान्न सहयोग सिन चाहाने हरुले आफुहरु रहेको नजिकको पायक पर्ने स्थानबाट लिन सक्नेछन् ।
शनिवार र आईतबार सहित जापानको सार्वजनिक बिदाको दिनमा भने १२ बजे देखी अपरान्ह ४ बजेसम्म उपलब्ध गराइने छ।सहयोगलिनका लागि
गुरुङ : ०८० ३३६१ ९८१६
थापा : ०८० ३८९८ ४३२१
श्रेष्ठ : ०८० ३७३४ २८४१
भण्डारी ०९० ६०१३ ४६७२
पौडेल ०८०६५२७७४७९
सुवेदी ०९०९३२८५०१८
कार्यालय
०३५९३७६९५८
०८० ४११७ ७४७९
०८० ४१५६ ७४७९
जापानको एकमात्र रियलस्टेट कम्पनीको रुपमा रहेको ग्लोबल होम नेटवर्कले फुदोसान, ईन्टरनेट सम्वन्धी सेवा जापानवासीनेपालीहरुलाई सहज रुपमा उपलब्ध गराउँदै आएको छ ।
++++++++
जापानमा कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा, यहाँ रहेका विभिन्न नेपाली संघ संस्थाहरुले नेपाली समुदायमा आईपर्ने समस्यान्युनिकरणमा संस्थागत पहल प्रारम्भ गरेका छन् ।
यसै सन्दर्भमा, धादिङ् समाज जापानले पनि १० सदस्यीय ‘कोरोना संक्रमण सहयोग तथा समन्वय समिति ‘गठन गरेको छ ।जापानवासी नेपालीहरुमा कसैमा केहि समस्या परेको छ र सम्बन्धित निकायसम्म पुग्न कठिनाई महशुस भएको खण्डमा समितिकासंयोजक तथा सदस्यहरुलाई सम्पर्क गरि सहयोग लिन सकिने छ ।
जापानको नागासाकी पोर्टमा मर्मतका लागि राखिएको, पानीजहाका ३३ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि
नेपालमा कोरोना संक्रमितहरुको संख्या ४० जना पुग्यो
कोरोना संक्रमण बढ्दै जाँदा धादिङ् समाज जापानको पनि सहयोग तथा समन्वय समिति गठन
टोकियोमा कोरोना संक्रमितहरुको संख्या ३१ सय नाघ्यो,सोमबार एकैदिन १०२ जना संक्रमित( अपडेट)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




