Blood sample with coronavirus positive

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख नाघेको छ । अमेरिकाको जोन्स हापकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वभर संक्रमित हुनेहरुको संख्या ३० लाख नाघेको हो ।

भाइरस संक्रमणबाट मृत्यु हुनेको २ लाख ८ हजार पुगेको जनाइएको छ । विश्वभरको सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा देखिएका छन् ।अमेरिकामा अहिलेसम्म ९ लाख ९५ हजारभन्दा बढी संक्रमितहरुको पुष्टि भैसकेको छ । त्यहाँ मर्नेको संख्या ५६ हजार १ सय ३९ पुगेको छ ।

त्यस्तै युरोपिन मुलुकहरु इटाली, स्पेन, फ्रान्स, बेलायत लगायतका मुलुकहरुमा पनि मृत्यु हुने र संक्रमितहरुको संख्या अत्याधिक रहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार