काठमाडौं । दक्षिण एसियाको सबैभन्दा बढी कोरोना प्रभावित भारतमा मृतकको संख्या १ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ६९ जनाले ज्यान गुमाउँदा १ हजार ८७३ संक्रमित थपिएका छन् । योसँगै बुधबार बिहानसम्म भारतमा कुल संक्रमितको संख्या ३१ हजार ३ सय संक्रमित नाघ्दा १ हजार ८ व्यक्तिले ज्यान गुमाएका छन् ।

लकडाउन जारी भए पनि भारतमा संक्रमण र मृत्युदर बढिरहेको छ । हालसम्म त्यहाँ ७ हजार ७ सयले कोरोना जित्दा साढे २२ हजार संक्रमितको उपचार जारी रहेको छ । भारतमा हालसम्म ७ लाख १६ हजार व्यक्तिले कोरोना परीक्षण गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार