एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । बुधबार साँझसम्मको रिपोर्टअनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ४ सय ९५ पुगेको छ ।
त्यस्तै त्यहाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या १० लाख ४८ हजार ८ सय ३४ पुगेको छ । बुधाबार मात्र अमेरिकामा १३ हजार ६९ जना नयाँ संक्रमित र १२ सय २९ जनाको मृत्यु भएको वल्ड्रोमिटरले जानकारी दिएको छ ।
उता, बेलायतले कोरोना संक्रमणबाट मृत्यु हुनेको संशोधित आँकडामा प्रस्तुत गरेको छ । संशोधित आँकडा अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २६ हजार ९७ पुगेको छ । त्यहाँ एकैदिन ४ हजार ४ सय १९ जनाको मृत्यु भएको तथ्याँक सार्वजनिक भएको छ ।
बेलायतका विदेशमन्त्री डोमोनिक रोबले कोरोना भाइरसबारेको दैनिक ब्रिफिङका क्रममा संशोधित आँकडा प्रस्तुत गरेका थिए । यसअघि चीनले पनि निकै पछि उहानमा मृत्यु हुनेहरुको संशोधित तथ्याँक सार्वजनिक गरेको थियो ।
त्यस्तै इटाली र स्पेनमा दैनिक मृत्यु हुनेको संख्या केही दिनयता घटेको छ । बुधबार इटालीमा ३ सय २३ जनाको मृत्यु भएको छ भने स्पेनमा ४ सय ५३ जनाको मृत्यु भएको छ । योसहित इटालीमा मर्नेको संख्या २७ हजार ६ सय ८२ पुगेको छ भने स्पेनमा २४ हजार २ सय ७५ पुगेको छ । त्यस्तै,विश्वभर मर्नेको संख्या २ लाख २५ हजार ६ सय १५ पुगेको छ भने संक्रमितहरुको संख्या ३१ लाख ८९ हजार ६० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




