{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588242311001","source":"other","origin":"unknown","sources":["324791375148211","324113764503211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588242311004"}

टोकियो । जापानको टोकियोमा थप २ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । उनिहरु केहि दिन अघि संक्रमित पुष्टि भएका व्यक्तिसंगै कार्यरत रहेको स्रोतले बताएको छ । उक्त स्थानमा कार्यरत २ जना नेपालीहरुमा यस अघिनै संक्रमण पुष्टि भईसकेको छ । यो पछिल्लो संक्रमण बारे औपचारिकरुपमा राजदूतावास तथा अन्य संघसंस्थाहरुसम्म हालसम्म जानकारी नगराईएपनि, संक्रमितहरुसंगको अत्यन्तै निकट व्यक्तिबाट प्राप्त जानकारी अनुसार उनिहरुलाई हस्पिटलले कोरोना पोजिटिभ रिपोर्ट दिई, हाल उपचाररत छन् । यो संगै जापानमा संक्रमित नेपालीहरुको संख्या ६ जना पुगेको छ । यस मध्ये १ जनाले भने स्वास्थ्य लाभ लिई घर फर्किईसकेकी छन् ।

हालसम्म, संक्रमित पुष्टि भएको संख्या थोरै रहेता पनि, परिक्षणको क्रममा रहेका नेपालीहरुको संख्या धेरै रहेको बुझिन आएको छ । हामीले समाचारका माध्यमबाट प्रदान गरेका नेपाली समुदायका विभिन्न हटलाईन सेवाहरुमा प्राप्त फोनका आधारमा,हेर्दा, टोकियो,साईतामा,चिबा तथा खानागावाकेनमा भित्रमात्रै पनि लक्षण देखापरि परिक्षण गराएकाहरु ७ जनाभन्दा माथि रहेको बुझिन आएको छ ।

चारैतिर संक्रमण थपिँदैगर्दा पनि,अधिकाँस व्यवसायहरु संचालनमा रहनु, न्युनतम सुरक्षाका उपायहरु नअप्नाउनु,मानिसहरु बिचको सामाजिक दुरी घटाउनुका सट्टा मानिसहरुको भेला गराई एकै साथ खानपिन तथा नाचगान गर्नुजस्ता विविध कारणले महत्वपूर्ण भुमिका खेलेको देखिन्छ ।
हामी कामना गर्दछौँ कि, हालसम्म संक्रमित भएकाहरुको चाँडो निको होस् र परिक्षणमा रहेका सबै व्यक्तिहरुको रुपोर्ट नोगेटिभ आओस , संक्रमित थपिएको कुनै समाचार लेख्न नपरोस् । तर त्यसो हुनकालागि नेपाली समुदायले भरपुर सतर्कता अप्नाउनुपर्ने देखिएको छ। किनकि संक्रमित व्यक्ति तथा परिवारले समेत परिचय नखुलाईदिदाँ को- कहा संक्रमित भएको छ र उसले क कसलाई भेटेको छ भन्ने समेत जानकारी पाउन गाह्रो भई, संक्रमित व्यक्तिहरुको संसर्गमा रहेका व्यक्तिहरुले पनि,वेलैमा उपचारको पूर्व तयारी गर्न नपाउने अवस्थाले कतै नेपाली समाजमा भयभह स्थिती देखापर्ने त होईन भन्ने आशंका  बढ्न थालेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार