काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण शनिबार बिहानसम्ममा कोरोनाका कारण २ लाख ३९ हजार ५६६ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै अमेरिकामा ६५ हजार ७५३ जनाले कोरोना संक्रमणका कारण ज्यान गएको छ । इटलीमा २८ हजार २३६, बेलायतमा २७ हजार ५१०, स्पेनमा २४ हजार ८२४ तथा फ्रान्समा २४ हजार ५९४ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

३४ लाखमा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ३१ हजारमा यो संक्रमण देखिएको छ । १० लाख ८० हजार कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

२० लाख ८० हजार संक्रमितको उपचार भइरहेको छ । यसमध्ये ५१ हजार ३०० को अवस्था गम्भीर रहेको छ बाँकीको मध्यम रहेको छ । जनवरीको पहिलो हप्ता चीनको वुहानबाट सुरु भएको यो कोरोनाको संक्रमण चीनमा भने नियन्त्रणमा आइसकेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार