{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588477120039","source":"other","origin":"unknown","sources":["276135311001201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588477120052"}

टोकियो । विश्वब्यापी फैलिएको कोरोना भाईरसका कारण हवाई उड़ान प्रभावित भएको वर्तमान अवस्थामा नेपाल फर्किन तथा जापान आउन चाहनुहुने व्यक्तिहरुलाई एनआरएनए जापानले पहल गर्ने भएको छ ।

यसका लागि नेपाल ईच्छुक व्यक्तिहरुको आँकडा प्राप्त भएपछि त्यस अनुरुप हवाई सेवा व्यवस्थापन गर्न सकिने, सम्बन्धित सरोकारवाला निकायको भनाई अनुसार, नेपाल फर्किन चाहने तथा जापान आउन चाहनेहरु बारे एनआरएनए जापानले अनलाईन सर्वेक्षण  थालनी गरेको छ । यदि तपाई पनि तत्काल नेपाल जान चाहनुहुन्छ भने यो सर्वेक्षणमा सहभागी हुन सक्नुहुनेछ ।यस सर्वेक्षणबाट प्राप्त हुने मानिसहरुको संख्याको आधारमा विमान चार्टर्ड गरिने बताईएकोछ ।

यसका लागि,  गैरआवासीय नेपाली संघ जापान ले जापानमा रहेको नेपाली दुताबास र गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद लाई पत्रचार मार्फ़त अपिल गरिसकेको संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल जान ईच्छुक व्यक्तिले फर्म भर्न यहाँ क्लिक गर्नुहोस्

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार