काठमाडौं । पछिल्लो २४ घण्टामा फ्रान्स, इटली र स्पेनमा हप्तौंपछि सबैभन्दा कम व्यक्तिको मृत्यु भएको खबर छ । फ्रान्समा १३५, स्पेनमा १६४ र इटलीमा १७४ जनाको मृत्यु भएको छ ।
यसैबीच फ्रान्सका डाक्टरका अनुसार कोरोना बिरामीको नयाँ स्याम्पलको आधारमा फ्रान्समा कोरोनाभाइरस गत वर्ष नै प्रवेश भइसकेको थियो । पेरिसका एक डाक्टरका अनुसार २७ डिसेम्बरमा नै कोरोनाभाइरसको संक्रमण पाइएको थियो ।
फ्रान्समा कोरोनाभाइरस भएको आधिकारिक पुष्टि सरकारले यसको धेरै हप्तापछि गरेको थियो । मार्च पछि एक दिनमा १३५ जनाको मृत्यु भएको यो आँकडा सबैभन्दा कम हो ।
फ्रान्समा मे ११ दखि लकडाउन हटाउने तयारी भइरहेको छ । त्यसपछि बच्चाहरु स्कूल जान सक्छन् र केही व्यावसाय खोल्न अनुमती दिइनेछ र कुनै कागजातबिना मानिसहरु सय किलोमिटरसम्म जान सक्नेछन् ।
आइतबार फ्रान्सका स्वास्थ्यमन्त्रीले नयाँ संक्रमणमा कत्तिको कमी आउँछ, त्यसमा पनि धेरै कुरा निर्भर हुने बताएका छन् । इयू र ब्रिटेनबाट फ्रान्स भित्रिने मानिसहरुलाई दुई हप्ताको क्वारेन्टाइनको पनि आवश्यकता हुनेछैन ।
स्पेनमा २४ घण्टामा १६४ जनाको मृत्यु भएको छ । यो पछिल्लो डेढ महिनाको सबैभन्दा कम आँकडा हो । सात हप्तापछि वयस्कलाई बाहिर निस्कने अनुमती दिइयो । सोमबारदेखि मानिसहरु सार्वजनिक यातायातमा मास्क लगाएर यात्रा गर्न सक्नेछन् र केही व्यवसाय खुल्नेछन् ।
इटलीमा पनि दुई महिनामा सबैभन्दा कम संख्या देखियो जब २४ घण्टामा १७४ मानिसहरुको मृत्यु भयो । इटलीमा पनि सोमबारदेखि लकडाउन खुकुलो बनाइँदैछ । यद्यपि, स्कूल, सिनेमाघर र मल बन्द हुनेछन् । इटलीमा हालसम्म २८ हजार ८ सय ८४ जनाको मृत्यु भइसकेको छ । अमेरिका पछि इटली दोस्रो स्थानमा छ । अमेरिकामा हालसम्म ६८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




