काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ५७ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोनाका कारण २ लाख ५७ हजार ९७२ जनाको ज्यान गएको छ ।

सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २४१ को कोरोना संक्रमणका कारण ज्यान गएको छ । बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हालसम्म विश्वकार २१५ देशमा फैलिएको कारोना ३७ लाख २३ हजार ५५४ जना संक्रमित भइसकेका छन् । १२ लाख ३९ हजार ३६८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

२२ लाख २६ हजार २१४ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३१९ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार