काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ७२ हजार नाघेको छ । आज १ हजार ५ सय बढीले ज्यान गुमाएसँगै मृतकको कुल संख्या ७२ हजार नाघेको हो ।

वल्डोमीटरका अनुसार शुक्रबार संयुक्तराज्य अमेरिकामा २६२, मेक्सिकोमा २५७, स्पेनमा २२९, स्वीडेनमा १३५, ब्राजिलमा ११९, बेल्जियममा १०६, रसियामा ९८, इरानमा ५५ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३९ लाख ५५ हजार पुगेको छ । कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित छ । त्यहाँ हालसम्म १२ लाख ९६ हजार नाघेको छ ।

आज मात्रै अमेरिकामा ४ हजार २ सय संक्रमित थपिएका छन् । अहिले पनि तीव्र गतिमा संक्रमण फैलिरहेको अमेरिकामा कोरोनाबाट ७७ हजार १ सय व्यक्तिले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोनाबाट विश्वका २१५ देश प्रभावित भइसकेका छन् । शुक्रबारसम्म १३ लाख ६२ हजार व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार