{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1588477120039","source":"other","origin":"gallery","sources":["276135311001201"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1589013277534"}

टोकियो ।जापानबाट नेपाल जान तथा नेपालबाट तत्काल जापान आउन चाहने नेपालीहरुको सहजिकरणका लागि गैरआवासीय नेपाली संघ जापानले तथ्यांक्क संकलन गरि एनआरएनए आईसीसी तथा नेपाली राजदूतावासलाई बुझाएको छ ।

शनिबार संघले जारी गरेको विज्ञप्तीका अनुसार, विश्वव्यापी फैलिएको कोरोना भाईरसका कारण समस्यामा परी जापानबाट नेपाल र नेपालबाट जापान आउन अफ्ट्यारोमा  परेका नेपालीहरुलाई  मध्य नज़र गरी गैरआवासीय नेपाली संघ जापानले नेपाल सरकारको ध्यान आकर्षित गर्न समस्यामा परेकाहरुको   नाम लिष्ट तयार गरी नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद मार्फत नेपाल सरकारलाई बुझाईएको हो ।

अनलाईन सर्वेक्षण गर्दा नेपाल जान तथा नेपालबाट आउन चाहनेहरुको संख्या अधिक देखिएकाले, सम्बन्धित निकायमा प्रत्यक्ष फोन सम्पर्क गरी यस बिषयमा छलफल गर्दा तत्काल नेपालमा रही बिभिन्न समस्याले जापान आउनुपर्नेहरुका लागि   निजी कम्पनीलाई अनुमती दिएको र यो कोरोना भाईरस विश्वब्यापी रुपमा समस्या भएका कारण अन्य देशमा नेपाली नागरिकहरूलाई अझ बढी जटिल परिस्थिति आएकाले नेपालमा पनि आवाश्यक वातावरण  सिर्जना गरी अति समस्यामा परेकालाई प्राथमिकताका साथ केही मापदण्ड निर्धारण गरी नेपाल लाजाने छलफल  भैईरहेको बताईएको छ ।

यो आपतकालिन अबस्थामा सुरक्षित रही एक आपसमा सहयोगी भावना राखी सामना गर्नुपर्ने भएकाले तपाईहरूलाई  समस्या परी आएको अवस्थामा ‘नेपाली समुदाय covid – 19 आपातकालीन सहयोग समिति  जापान “(गैरआवासीय नेपाली संघ जापानका अध्यक्षज्यको  संयोजकत्वमा गठन भएको छ )मा सम्पर्क गर्नका लागि आग्रह गरिएको छ ।  समितिको कार्यसंचालन मापदण्ड अनुसार सहयोग गरिने समेत जानकारी गराईएको छ ।

यसका साथै, एनआरएनए जापानले, यही १४ र १७ मे मा नेपालबाट जापानका लागि मात्र चार्टर हवाई उड़ान हुने जानकारीमा आएको हुनाले सम्बन्धित निकायमामा सम्पर्क गर्नु हुन अनुरोध पनि  गरेको छ ।संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार उक्त  उडानमा गैरआवासीय नेपाली संघ जापान, हवाई टिकट दर र आर्थिक कारोबार लगायतका काममा सम्बन्धित रहेको छैन ।

जापानबाट तत्काल नेपाल फर्किन चाहनेहरुले यो फर्म भर्नुहोस् – एनआरएनए जापान

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार