काठमाडौं । चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले आइतबार सगरमाथा तिब्बतको भूभाग रहेको दाबी गर्यो । आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमा केही तस्विर राख्दै सिजिटिएनले लेखेको छ, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट कोमोलाङ्मा (तिब्बती भाषा), चीनको तिब्बत स्वायत्त प्रदेशमा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा ।’

तर सामाजिक सञ्जालमा विरोध भएपछि सिजिटिएनले आफ्नो ट्वीटरमा सो गल्ती सच्याएको छ । सच्याइएको ट्वीटमा लेखिएको छ, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट कोमोलाङ्मा (तिब्बती भाषा), नेपाल–चीन सीमानामा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा ।’

तर, नेपाली भूभागमा रहेको विश्वकै सर्वोच्च शिखरबारे गरिएको गम्भीर भुलका लागि सामान्य माफी समेत मागेको छैन । चीनले पछिल्लो समय आफ्नो सीमाक्षेत्र अर्थात् सगरमाथाको तिब्बती भूभागमा फाइभ जी इन्टरनेटको बेस स्टेशन निर्माण गरेको छ ।

चाइना मोबाइल र हुवावे कम्पनीले यो स्टेशन निर्माण गरेका हुन् । ६ हजार ५ सय मिटरको उचाईमा निर्माण गरिएको यस स्टेशनलाई चीनले विश्वको सबैभन्दा अग्लो स्थानको फाइभ जी स्टेशनका रुपमा प्रचार गरिरहेको छ । सगरमाथाको उत्तरी मोहडा चीनमा पर्छ । नेपालको सोलुखुम्बुमा पर्ने सगरमाथा विश्वभर प्रशिद्ध छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




