
टोकियो । जापानमा कोरोनाको प्रभावका कारण समस्यामा परेका नेपालीहरुलाई राहतवितरण सुरु गरेको ग्लोबल होम नेटवर्कले, ९८ जना समस्यामा परेका जापानवासी नेपालीहरुलाई सहयोग गरेको छ ।
ग्लोबल होम नेटवर्कले अप्रिल २१ तारिखबाट सुरु गरेको, कोभिड-१९ राहतवितरण अभियानमा जम्मा ९८ जनालाई चामल ५ केजी २ ओटा मस्क र १ केजी दाल तथा उक्त राहत प्याकेज अनुसारको रकम(विशेष गरि टोक्यो भन्दा बाहिर चिबा, कानागावा, क्योटो , गुम्बा , इबाराकी र ओसाका जहा दुरीको हिसाबले हुलाकबाट पठाउन धेरै रकम लाग्ने र सुपरमार्केट समेत नभएका स्थानका लागि २००० देखी ५०००येन रकम) बितरण गरिएको छ।
संस्थाको विज्ञप्तीमा उल्लेख गरिए अनुसार, यस अवधीमा गरिएका सहयोग विवरण
१) अहिले सम्म जम्मा ५८ जनालाई ग्लोबल होम नेटवर्क कार्यलयबाट ५केजी दाल, १ केजी दाल र ७० पिस मास्क बितरण गरियो।
२) करीब ४० परिवारलाई राहत बराबरको प्रति परिवार समस्या हेरि २००० येनका दरले फ़ुरीकोमि गरियो जस्मा चिबा केन १४ जना, साइतामा ७ जना गुन्मा ४ जना टोक्यो ७ जना क्योटो ६ जना र ओसाका २ जना रहेका छन् ।
३)गुन्मा तथा इबाराकी केन लगायतका स्थानमा एनआरएनए जापान केन्द्रिय सदस्य राजेस देबकोटा र गुन्मा संयोजक मिनकुमार लामिछाने मार्फ़त वितर्ण गर्नेगरी १ सय ओटा मास्क र ३ जनालाई राहत पठाइएको त्यस अन्तर्गत गुन्मा एनआरएनए कमिटीको संयोजकत्वमा उक्त राहातलाई थप गरी करिब ३० जनालाई बितरण गरियो।
४) क्योटो ,साइतामा , टोक्योमा २० ठाऊमा ३/३ ओटाको दरले ६० ओटा मास्क हुलाक मार्फ़त पठाइयो।
आईतबार कम्पनीद्वारा जारी विज्ञप्तिका अनुसार, ग्लोबल होम नेटवर्क कार्यालय, टोक्यो, साइतामा , क्योटो, गुन्मा गरेर ३ सय ५० पिस मास्क बितरण गरिएको छ ।
के अब ग्लोबल होमको राहतवितरण अभियान सकिएको हो त ?
यसै समस्यालाई मध्यनजर गर्दै जापानबासी नेपालीहरु, नेपाली दुतावास, एनआरएनए जापान र अन्य सक्रिय संघ-संस्थाहरुको मातहतमा ग्लोबल होमका अध्यक्ष, शिव प्रसाद पौडेलको समंयोजकत्वमा ‘कोभिड -१९ खाद्यान्न तथा लजिस्टिक समन्वय विभाग’ गठन गरीएको छ । आगमी दिनहरुमा उक्त बिभागलेनै अहिलेको राहतको मात्रालाई बढाएर वितरण गर्नेछ ।
तत्कालका लागि भने, हाल ग्लोबल होमनेट वर्क कम्पनीले एकल स्रोतबाट गर्दै आएको राहतवितरण कार्यक्रम बन्द गरिएको छ। यदि, कोभिड- १९ खाध्यान्न तथा लजिस्टिक समन्वय विभाग’ले काम गर्न ढिला-सुस्ति गरेको खण्डमा भने, कम्पनीले पुन: वितण सुरु गर्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




