एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको देशले हरेक दिन एक लाख ५० हजारदेखि तीन लाख व्यक्तिको परीक्षण गरिरहेको छ । हालसम्म यहाँका १३ लाख ८५ हजार बढी व्यक्ति संक्रमित छन् ।
यस्तै अर्कोतर्फ अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१ हजार पार भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा कोरोनाका कारण हालसम्म ८१ हजार ७ सय ९५ को मृत्यु भइसकेको छ ।
ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी अर्थव्यवस्था अर्को वर्ष निकै राम्रो स्थितीमा पुग्ने बताएका छन् । उनले भने, ‘अर्को वर्ष सबैभन्दा राम्रो वर्ष प्रमाणित हुनेछ किनभने बजारमा माग अत्यधिक हुनेछ ।’
संसारभरीको अर्थव्यवस्था झैं अमेरिकालाई पनि कोरोनाभाइरसका कारण ठूलै झट्का लागेको छ । संसारभरी सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ । यस्तै गत हप्ताको आँकडा अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण ३।३ करोड व्यक्ति बेरोजगार भएका छन् ।
ह्वाइट हाउसका एक कर्मचारी कोरोना पोजेटिभ पाइएपछि ट्रम्पले भने, ‘एक व्यक्ति पोजेटिभ पाइएका छन् । यो अचम्मको कुरा हो कि उनको एक दिन अघिको परीक्षण नेगेटिभ थियो । यो लुकेको दुश्मन हो । लुकेको दुश्मन र हामीले यो कुरा याद राख्नुपर्छ ।’
स्रोतः बीबीसी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




