{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1589877799113","source":"other","origin":"gallery","sources":["324113830361211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1589877799117"}

टोकियो । रोजगारीका लागि ४ बर्ष अधि जापान आएका पोखरा ५ पस्याङ घर भएका सुविन सुबेदीको मंगलबार  बिहान मस्तिष्कघातका कारण मृत्यु भएको छ ।

कुक भिषामा श्रीमती सहित जापानको साईतामाकेन(प्रान्त) को सिकि सहरमा बसोबास गर्ने ३४ वर्षिय  सुबेदी, मंगलबार बिहान सुतेको स्थानमा नै मृत भेटिएका हुन् । जापान प्रहरीले मंगलबार सॉझ परिवारलाई दिएको पोष्टमार्टम रिपोर्ट  अनुसार मस्तिष्कघातको कारण मृत्यु भएको खुल्न आएको छ ।

कास्की पोखरा समाज जापानका उपाध्यक्ष तथा सुवेदीको दाहसंस्कार सहयोग समितिका  संयोजक सन्देश  अधिकारीले दिएको जानकारी अनुसार मृतक सुबेदीको पारिवारिक सल्लाह अनुसार नै उनको  दाहसंस्कार यहि साता जापानमा नै गर्ने तय भएको छ । सुबेदीको श्रीमती सहित ४ बर्षको छोरी रहेका छन् ।

कोरोनाले छुन नसकेको, जापानको भरपर्दो काम ! के सुरक्षित छ त ?

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार