
टोकियो । कोरोनाका कारण आर्थिक भारमा परेका विद्यार्थीहरुलाई थप १ लाख देखि २ लाख येनसम्मा साहयता दिने जापानी सरकारको निर्णयले विदेशी विद्यार्थीहरुलाई भने पुर्णरुपमा समेट्न नसकिने देखिएको छ ।
आर्थिक विपन्नताका कारण विद्यालय छोड्नेहरुको संख्या बढ्ने आँकल गरि, यस्तो निर्णयमा पुगेको सरकारको पहिलो लक्ष भनेको वास्तविक विद्यार्थीहरुलाई अध्यायन निरन्तरतामा साथ दिनु हो । त्यसैले जापानी विद्यार्थीहरुको हकमा, पारिवारिक तथा विद्यार्थीको व्यक्तिगत आम्दानीलाई मात्र हेरिएता पनि विदेशी विद्यार्थीहरुको सवालमा भने, उनिहरुको हालसम्मको अध्यायन प्रगति विवरण समेत हेरिने भएको छ । यसले विद्यालयमा धेरै गयल हुने, परिक्षाहरुमा फेल हुने तथा कम अंक प्राप्त हुने गरेका विद्यार्थीहरु नसमेटिने सम्भावना बढेको छ ।
त्यसो त २ लाख येनसम्म साहयता भनिएता पनि, विदेशी विद्यार्थीहरुको हकमा प्राप्त गर्नेहरुले पनि १ लाख येनसम्ममात्रै प्राप्त गर्ने देखिन्छ । किनकि सरकारले २ लाख येनसम्म साहयता दिने भनेको आर्थिक अवस्था कमजोर भई स्थानीय कर छुट सुविधा लिईरहेका परिवार तथा विद्यार्थीहरु भनि उल्लेख गरिएको छ । जसमा विदेशी विद्यार्थीहरु योग्य हुँदैनन् । र अर्को कुरा विदेशी विद्यार्थीहरु आफैँले कमाए र पढ्ने नभई घरबाट पठाईएको अपुग रकममा थप होस भनि, २८ घण्टा काम गर्ने व्यवस्था गरिएको मात्रै हो । यसरी २८ घण्टाको काम पनि अर्थोपार्जन गरोस भन्दा पनि जापानी भाषा, संकृति, चाल-चलन तथा काम गर्ने शैलि सिकुन् भनेर व्यवस्था गरिएको हो ।
अहिलेको यस साहयता रकम लिनको लागि विदेशी विद्यार्थीको हकमा यसरी उल्लेख गरिएको छ ।
1)学業成績が優秀な者であること(前年度の成績評価係数が2.30以上であること)
2)1か月の出席率が8割以上であること
3)仕送りが平均月額90,000円以下であること
१. शैक्षिक प्रगतिविवरण उत्कृष्ट भएकाहरु,ग्रेड मुल्यांकनमा २.३० वा त्यो भन्दा बढि भएकाहरु
२.विद्यालयमा प्रत्येक महिना ८० प्रतिशत वा त्यसभन्दा बढि (हाजिरी)उपस्थित भएकाहरु
३.आफ्नो देशबाट प्राप्त गर्ने रकम मासिक, औसत ९० हजार येन वा त्यसभन्दा कमी भएकाहरु
यि र यस्तै प्रावधानहरु रहेकाले विदेशी विद्यार्थीहरु भने त्यतिधेरै उत्साहित हुनुपर्ने आधारहरु नरहेको जानकारहरुको विश्लेषण रहेको छ ।
बुधबार,जापानको ४१ वटा प्रान्तहरुमा कोरोना संक्रमण शुन्य,छ वटा प्रान्तमा जम्मा ३५ जना संक्रमित
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




