{"subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590140132724","source":"other","origin":"gallery","sources":["322004667194211","324791375148211"],"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590189439887"}

टोकियो । २२ तारिख शुक्रवार जापानभर २३ जना मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या विगत २ महिना यताकै न्युन हो ।

शुक्रबार पुष्टि भएको संख्यासंगै जापानभर हालसम्म संक्रमितहरुको संख्या १७ हजार २ सय १ जना पुगेको छ । संक्रमित मध्ये १३ हजार ६ सय ४१ जनाले स्वास्थ्य लाभ गरि घर फर्किएका छन् भने ८ सय २७ जनाको निधन भएको छ ।शुक्रबार-होक्काईदोमा ५ जना,गुन्माकेनमा १ जना, टोकियोमा ३ जना,साईतामाकेनमा १ जना,खानागावाकेनमा ७ जना,ईसिखावाकेनमा २ जना,ओसाकामा १ जना तथा एहिमेकेनमा ३ जनामा संक्रमण पुष्टि भएको हो । बाँकी रहेका ३९ वटा प्रान्तहरुमा भने संक्रमित शुन्य रहेका छन् ।

अन्यत्र सबैस्थानहरुमा आपतकाल हटाएको सरकार, टोकियो लगायतका बाँकी ४ प्रान्तमा पनि हटाउने तयारीमा लागेको छ । परिस्थिति यहि रहे, विज्ञहरुसंगको छलफल पछि, सोमबारबाट पुर्णरुपमा आपतकाल हटाउने तयारी रहेको जापानी संचारमाघ्यमहरुले जनाएका छन् ।

टोकियोमा कोरोना संक्रमण घट्यो,शुक्रवार ३ जना मात्रै संक्रमित (अपडेट)

मस्तिष्कघात भई जापानमा मृत्यु भएका सुबेदीको दाहसंस्कार सम्पन्न

टोकियोमा बिहिबार ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५ हजार ८१ जना पुग्यो

बिहिबार जापानभर ४० जनामा मात्रै कोरोना संक्रमण, १३ हजार संक्रमित निको भए

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार