टोकियो । लकडाउनका कारण नेपालमै रहन पुगेका जापान आउन चाहने नेपालीहरुलाई लक्षित गरि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले टोकियो तथा फुकुओकामा चार्टर्ड फ्लाईटको व्यवस्थापन गरेको छ ।
मार्गिक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पर्शु बस्नेतका अनुसार, पहिलो उडान आज २४ तारिख राती ९ बजे टोकियोका लागि हुनेछ भने दोस्रो उडान २६ तारिख क्युसुको फुकुओकाको लागि तय भएको छ । टोकियोमा भने यस अघि पनि अन्य कम्पनीले ३ उडान गरिसकेका छन् भने २६ तारिख फुकुओकामा हुने उडान क्युसु क्षेत्रकै लागि पहिलो चार्टड फ्लाईट हो ।
समस्यामा परेका यात्रुहरुलाई गन्तव्यमा पुराउनु मुख्य उदेश्य भएकाले, अन्य कम्पनीको भन्दा कम शुल्लकमा उडान भरेको बताउने ट्राभलले,ईकोनोमी क्लासको लागि ११ सय डलर तथा बिजनेस क्लासका लागि १५ सय डलर कायम गरेको छ । दुवै फ्लाईटाका लागि बुकिंङ पुरा भईसकेको छ ।
प्रबन्ध निर्देशक बस्नेतका अनुसार, २४ तारिखको टोकियो उडानमा २ सय ७० जना यात्रुहरु आउनेछन् । यसमा १/२ जना बाहेक सबै नेपाली यात्रुहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




