एजेन्सी । ट्रम्प प्रशासनले पछिल्लो १४ दिनमा ब्राजिल पुगेका विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएको छ । ल्याटिन अमेरिकी देश ब्राजिल हालै कोरोना भाइरसद्वारा सर्वाधिक ग्रसित देशको दोस्रो हटस्पटको रुपमा देखिएको छ ।
ब्राजिलमा संक्रमितको संख्या तीन लाख ६० हजार पुगेको छ भने हालसम्म २२ हजार बढीको ज्यान गइसकेको छ । ह्वाइट हाउसकी एक प्रवक्ताले अमेरिकामा बाहिरबाट कुनै नयाँ केस नआओस् भन्ने उद्देश्यसहित यस्तो प्रतिबन्ध लगाइएको जानकारी दिइन् ।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केली मेकेनीले भनिन्, ‘प्रतिबन्धको निर्णयबाट हामी यो कुरामा निश्चित हुनेछौं कि जो विदेशी नागरिक ब्राजिलमा छन्, उनीहरु हाम्रो मुलुकका लागि संक्रमणका अतिरिक्त स्रोत नबनून् ।’
पछिल्लो दुई हप्तामा जो पनि ब्राजिल गएका छन् उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको छ । यो प्रतिबन्धका कारण दुई देशबीचको व्यापार भने प्रभावित हुनेछैन । यो प्रतिबन्ध २८ मे देखि प्रभावकारी हुनेछ । यद्यपि, यो यात्रा प्रतिबन्ध अमेरिकी नागरिकमाथि भने लागू हुनेछैन । अबका दिनमा अमेरिकाले यस्तो खालको प्रतिबन्ध अन्य देशमा पनि लगाउन सक्ने अनुमान गरिएको छ ।
यसअघि अमेरिकाले चीन, इरान, युरोपको शेंगन इलाका, ब्रिटेन र आयरल्याण्डको यात्रामा गएकालाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो । क्यानडा र अमेरिका बीच पहिले नै अनावश्यक यात्रामा प्रतिबन्ध लगाइने विषयमा सहमति भएको छ ।
ब्राजिलले हालै कोरोना भाइरसको संक्रमणको मामलामा रुसलाई पछि पारेको थियो र अमेरिकापछि दोस्रो नम्बरमा आएको थियो । अर्कोतर्फ अमेरिकामा संक्रमितको संख्या १६ लाख पार भइसकेको छ भने मृतकको संख्या करिब एक लाख पुगेको छ ।
स्रोतः बीबीसी
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




