
टोकियो । गैरआवासीय नेपाली संघ जापानले, जापानमा व्यावसाय गरीरहनु भएका नेपाली व्यवसायीहरुको लागि जापान सरकारबाट उपलब्ध सहुलियत ऋण तथा राहत लगायतका विषयहरुमा अनलाईन परामर्श गराउने भएको छ ।
जापानमा रहेका नेपाली समुदायका विविध समस्याहरुको न्युनिकरणमा जुटिरहेको एनआरएनए जापानले व्यवसाय गरेर बसिरहेका नेपाली व्यवसायीलाई लक्षित गरि यो कार्यक्रम आयोजना गर्न लागेको हो । संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार, जापान सरकारले कोरोना प्रभाव न्युनिकरण स्वरुप व्यवसायी लक्षित विभिन्न साहयता तथा आर्थिक प्याकेजहरु उपलब्ध गराएको भएता पनि अझै कतिपय व्यक्तिहरुमा अन्यौलता रहेकाले यो अनलाईन परामर्श गराउन लागिएको हो ।
कार्यक्रमबारे थप जानकारी
आयोजक : NRNA JAPAN (नेपाली समुदाय COVID -19 आपतकालिन सहयोग समिति जापान)
परामर्शकर्ता (Consultant) : Mr. Seki Nobutaka (President ,H&S Promotion Co. LTD)
सपोर्टर : नेपाल जापान ब्यावसायी संघ जापान साथै अन्य सकृय संघ संस्था
मिति : २०२०/०५/२६ (मंगलबार)
समय : दिउसो २ देखी ४ बजे सम्म
माध्यम : ZOOM
कार्यक्रमको उदेस्य : साना तथा मध्यम खालका उद्योगहरुलाई सरकारले दिने सहुलियत ऋण तथा राहत लगायतका विषयहरुमा जापानीज बिज्ञबाट अनलाईन परामर्श दिने ।
विशेष अनुरोध :
यो कार्यक्रम विशेष गरी नेपाली व्यवसायीहरुको निम्ति भएकोले जापानमा व्यवसायी गरेर बसीरहनु भएको व्यवसायीहरुलाई सहभागीहुन अनुरोध गर्दछौं। सहभागीहुन इच्छुक व्यवसायीहरुले यस ईमेल ठेगाना nrnanccjpn@gmail.com अथवा एनआरएनए जापानको फेसबुक पेजमा मेसेज गरी जानकारी गराउनुहोला हामी कार्यक्रमको लिंक पठाउनेछौँ। र कार्यक्रम एनआरएनए जापानको फेसबुक पेजबाट लाइभ हुने भएकोले सोहीदिनमा पनी कमेन्ट बक्समा आफ्ना जिज्ञासा राख्न सक्नुहुनेछ र ले तपाइका जिज्ञासाहरुको जवाफ Mr. Seki Nobutaka ले दिनुहुनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




