{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590448127256","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590448127253","source":"other","origin":"unknown"}

टोकियो । सोमबार, २५ तारिख जापनभर जम्मा २० जना मानिसहरुमा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएकोसंख्यासंगै जापानभर संक्रमितहरुको संख्या १७ हजार ३ सय ४० जना पुगेको छ । संक्रमित मध्ये  १४ हजार ९९ जनाले स्वास्थ्य लाभगरेका छन् भने ८ सय ६५ जनाको निधन भएको छ ।

सोमबार– होक्काईदोमा ३ जना,टोकियोमा ८ जना, तोचिगीकेनमा १ जना,खानागावाकेनमा १ जना र एहिमे केनमा १ जना रफुकुओका केनमा ६ जनामा  संक्रमण पुष्टि भएको हो । यसरी डाटाहरु हेर्दा ४१ वटा प्रान्तहरुमा संक्रमण शुन्य देखिएको छ ।

मध्ये अप्रिलमा दैनिक ५ सय जना भन्दा बढि संक्रमित देखिएको जापानमा  मे महिनाको अन्त्यतिर भने प्रशंसनीय ढंगबाट नियन्त्रणभएको छ । तत्काललाई संक्रमित घटेपनि,सतर्कता अप्नाउन छाडेमा पुन दोहोरिन भने सक्दछ ।

सोमबार टोकियोमा ८ जनामा मात्रै कोरोना संक्रमण, आजबाट आपतकाल हटाईने (अपडेट)

होक्काईदो र टोकियोमा संक्रमित बढे,४१ वटा प्रान्तहरुमा संक्रमण शुन्य,आज बाँकी रहेका स्थानमा पनि आपतकाल हटाईने

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार