काठमाडौं । नेपालमा मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनका मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले थप ९० जनाको कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए ।

नेपालमा यो सङ्ख्या हालसम्मकै उच्च हो । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ७७२ पुगेको छ । संक्रमितमध्ये १५५ जना निको भएर घर फर्किदा ४ जनाले ज्यान गुमाएका छन् ।

मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ३५ जनामा कोरोना देखिएको हो । महोत्तरीका २, जुम्ला स्थयाी ठेगाना भएका बाराका २ जना, बाराका ३ जना, रौतहटका ८ जना, रौतहटकै ६ जना, रौतहटकै ६ जना, रौतहटकै १ जना, रौतहटकै १ जना, सिरहाका १ जना, सिरहाकै ४ जना, धनुषाका १ जना छन् ।

भेरीमा गरिएको परिक्षणमा बाँकेका १ जना, रुपन्देहीमा कपिलबस्तुका ७ जना, अर्घाखाचीका २ जना, गुल्मीका २ जना र रुपेन्देही लुम्बिनीका १ जना छन् । सेतीमा गरिएको परिक्षणमा कैलाली र अछाममा १–१ जना छन् । यस्तै पोखरामा गरिएको परिक्षणमा स्याङ्जा वालिङ ७ का २ जनामा कोरोना पुष्टि भएको छ ।
सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेत वीरेन्द्रनगरका ८ जना, भेरीगंगा र सिम्टामा समान २–२ जना गरी ४ जना छन् । नेपालगन्जमा गरिएके परिक्षणमा बाँके डुडुवा २ का १ जना र ३ का ३ जना, राप्ती सोनारी का ३ का १ जना, राप्ती सोनारी ९ का १ जना, वैजनाथका ३ का १ जना जना गरी ७ जना थपिएका छन् । यस्तै दाङमा गरिएको परिक्षणमा कपिलवस्तु यशोधराका २३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार