{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590549239492","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1590549239489","source":"other","origin":"unknown"}

टोकियो । कोरोना नियन्त्रणका लागि नेपालमा गरिएको लकडाउनका कारण जापान फर्किन नसकेका नेपालीहरुलाई लक्षित गरि मार्गिक ट्राभल्स एण्ड टुर्स र रेसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सले टोकियो र फुकुओकामा १/१ गरि २ वटा चार्टर्ड फ्लाईटको सफल व्यवस्थापन गरेको छ ।

मार्गिक ट्राभल्स एण्ड टुर्सका प्रबन्ध निर्देशक पर्शु बस्नेतका अनुसार २ जना जापानी सहित २ सय ६६ जना यात्रु लिएर नेपाल एयरलाइन्स आज बिहान पहिलोपटक जापानको क्युसुको फुकुओका अवतरण गरेको छ । निर्देशक बस्नेतका अनुसार, यो संकटको बेलामा, व्यवसाय भन्दा पनि समस्यामा परेका नेपालीहरुलाई सहजिकरण गर्नु पहिलो लक्ष भएकाले सबै यात्रुसँग ११ सय डलरमात्रै भाडा लिइएको छ । यो भाडादर यसअघिका अन्य कम्पनीहरुले लिएको भन्दा निकै कमी हो । लामो समय नेपालमै बन्दाबन्दीमा परेका नेपाली यात्रुहरुलाई यसले धेरै राहत दिएको कम्पनीको ठहर छ । फुकुओका आईपुगेका यात्रुहरुको व्यवस्थापन , एनआरएनए जापानका  सल्लाहकार छत्र दाहालको संयोजकत्वमा गठन गरिएको समितिले गरेको छ ।

यस अघि, पहिलो उडान २४ तारिख राती ९ बजे टोकियोका लागि भएको थियो । टोकियोमा भने यस अघि पनि अन्य कम्पनीले ३ उडान गरिसकेका थिए भने आज २७ तारिख फुकुओकामा अबतरण भएको फ्लाईट क्युसु क्षेत्रकै लागि पहिलो चार्टड फ्लाईट हो ।

प्रबन्ध निर्देशक बस्नेतले नेपालन्युजसंग कुरा गर्दै भने- लकडाउनका कारण जापानमा अध्ययनरत धेरै विधार्थीहरु नेपाल रोकिनु परेकाले समस्यामा थिए । यता रोकिनुपर्दा धेरै विधार्थीको पढाई तथा काम छुटेको अवस्था छ भने कतिको भिसा अवधिसमेत सकिन लागेको छ । यस्तोमा हामीहरुले व्यापारिक उद्देश्यमात्र नहेरेर सेवाको उद्देश्यले चार्टड उडानको व्यवस्थापन गरेका हौँ, आशा छ यसले उहाँहरुको समस्या न्युनिकरणमा टेवा पुगेको छ

यसरी, मार्गिक र रेसेन्टले सस्तो भाडदरमा समस्यामा परेका यात्रुहरुलाई सहजै गन्तव्यमा ल्याएको छ । पछिल्ला २ वटै फ्लाईटमा जापान आईपुगेका केहि यात्रुहरुसंग हामीले प्रतिकृया लिँदा उनिहरुले भने- “एकातिर भिसा सकिन लागेर तनावमा थियौँ भने अर्को तिर भएका केहि फ्लाईटहरुमा पनि, चर्को भाडाका कारण समस्यामा थियौँ, तर संयोगले अहिले सस्तोमा सहजै आउन पाईयो, धेरै खुसी छौँ ।”

तस्बिरहरु

मार्गिक र रिसेन्ट एण्ड रिदमले टोकियो र फुकुओकामा चार्टर्ड उडान गराउँदै,२ सय ७० जना यात्रु सहित टोकियोका लागि आज राती उड्ने

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार